बिश्वकप छनौट अन्तरर्गत नेपाल र अफगानिस्तान भिड्दै, यसरी गुमायो नेपालले पहिलो विकेट

आईसीसी एकदिवसीय बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग भिड्दै छ । नेपालले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ

१५ ओभरको समाप्तीमा नेपालले एक विकेट गुमाएर ५३ रन जोडेको छ । पारस खड्का ३० बलमा ३३ रन तथा ज्ञानेन्द्र मल्ल ४८ बलमा १३ रन बनाएर खेलिरहेका छन् ।

पहिलो २ वटा खेलमा जिम्बाबे र स्कटल्याण्डसंग पराजित भएको नेपालले अफगानिस्तानसंगको खेल जित्दै सुपर सिक्स पुग्ने सम्भावना जीवित राख्न चाहनेछ भने अफगानिस्तान पनि त्यही आशाको साथ मैदानमा हुनेछ।

महत्वपूर्ण खेलमा स्टार ब्याट्सम्यान शरद भेसावकर बिना नेपाली टिम मैदानमा हुनेछ। शरद ह्याम्सट्रिन्ग इन्जुरी का कारण आजको खेल गुमाउने ब्यबस्थापक रमन शिवाकोटीले बताएका छन्। यस्तै विकेट किपर ब्याट्सम्यान दिलिप नाथलाई आज अन्तिम ११ मा राखिएको छैन। शरद र दिलिपको सट्टा अन्तिम ११ मा करन केसी र अनिल साहले पहिलो पटक मौका पाएका छन्।साहले विकेट किपरको भूमिका समेत निभाउनेछन्।

blob:https://www.icc-cricket.com/251347d8-685e-46b6-ae23-9f7750bfad8f

नेपालले पहिलो विकेट गुमाई सकेको छ । ओपनर अनिलकुमार साह मात्र ७ रनमा आउट भए । उनको विकेट मुजिब उर रहमानले लिएका हुन् ।

अनिल दिलिप नाथका स्थानमा आएका थिए । तर, उनले पनि उलेख्य प्रदर्शन गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बिश्वकप छनौट अन्तरर्गत नेपाल र अफगानिस्तान भिड्दै, यसरी गुमायो नेपालले पहिलो विकेट"

Leave a comment