भुटानकी महारानी सुटुक्क कपिलवस्तुमा

कपिलवस्तु । भुटानकी महारानी आसी साङ्दे छोडेङ्ग वाङ्चुकले शुक्रबार निग्रोधराम कुदान र भगवान् गौतमबुद्धका पिता राजा शुद्धोदनको प्राचीन कपिलवस्तु दरबारको अवलोकन गरेकी छन् ।

महारानी वाङ्चुकले गौतमबुद्धले ज्ञान प्राप्त गरी पहिलोपटक कपिलवस्तु आउँदा आमा–बुवासँग भेट गरेको महत्वपूर्ण मानिएको स्थल, २९ वर्र्ष बिताएको ठाउँ कपिलवस्तु, राजा शुद्धोदनको दरबार, दरबार क्षेत्रको उत्खनन् गरिएका पूर्वी र पश्चिमी द्धार, सुरक्षा पर्खाललगायतको अवलोकन गरेकी हुन् ।

बुद्धको जन्म साढे २५०० वर्षअघि भएको इतिहासमा उल्लेख गरिएको छ ।तर, त्यसभन्दाअघि नै प्राचीन कपिलवस्तुमा मानव सभ्यता र सहर रहेको अध्ययनले देखाएको छ ।तिलौराकोट दरबारमा लगातार गरिएको पाँचौं वर्षको उत्खनन् र अन्वेषणले प्राचीन कपिलवस्तुमा बुद्धकालीन समयभन्दाअघि नै मानव सभ्यताको विकास भएको पाइएको हो ।

यहाँ आठौं शताब्दीमा नै मानवबस्तीको विकास भएको देखिएको बेलायतको दुर्हम विश्वविद्यालयसहितको टोलीले पाँच वर्षदेखि गरेको अध्ययन–अनुसन्धानपछि पुष्टि भएकोलगायतका विषयमा पुरातत्व अधिकृत हिमाल उप्रेतीले महारानी वाङ्चुकलाई जानकारी गराएका थिए ।अवलोकनपश्चात् पुरातात्विक क्षेत्र उत्खनन्कार्यमा पुरातत्वविद्हरुको भूमिकाबारे महारानी वाङ्चुकले सरहाना गरेकी थिइन् ।

यसअघि, शुक्रबार बिहान महारानी वाङ्चुकलाई निग्रोधराम कुदानमा लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवाली, कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह, प्रमुख जिल्ला अधिकारी मदन भुजेललगायतले स्वागत गरेका थिए ।उनलाई निग्रोधराम कुदान र तिलौराकोट दरबार क्षेत्रकाबारेमा पुरातत्व अधिकृत हिमाल उप्रेतीले पथप्रर्दशन गरेका थिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "भुटानकी महारानी सुटुक्क कपिलवस्तुमा"

Leave a comment