१२ बर्षदेखि श्रीदेवीको तस्बिरलाई पुजा गर्दे आइरहेका छन् यि व्यक्ति, मृत्युपश्चात उठाए यस्तो कदम


श्रीदेवीका फ्यानहरु त धेरै नै होलान् तर उनका एकजना यि फ्यान अरु भन्दा फरक रहेका छन् । श्रीदेवीको मृत्युको एक हप्तापछि उनको यो फ्यानले सबैलाई छक्क पार्ने एउटा काम गरेका छन् ।

एक रिपोर्टका अनुसार भारतको मध्यप्रदेशको श्योपुर जिल्ला नजिकै रहेको एउटा गाउँमा श्रीदेवीको मृत्यु भएको एक हप्तापछि उनका एकजना फ्यानले आफ्नो मुन्डन गराएका छन् । यि व्यक्ति यस्ता निस्किए कि, उनको मृत्युको खबर सुनेपछि तिनले खाना नै खान छोडिदिए । उनले गत ५ दिनदेखि खाना खाएका छैनन ।

उनले आफ्नो घरमा नै श्रीदेवीको श्रद्धाञ्जली सभा राखेका थिए । तपाईहरुलाई पत्यार नलाग्न सक्छ तर यि व्यक्तिले विगत १२ बर्षदेखि श्रीदेवीको तस्बिरलाई पुजा गर्दे आइरहेका छन् । त्यहीँ तस्बिरका सामुन्ने नै ती व्यक्तिले आफ्नो मुन्डन गराएका हुन् ।

आफ्नै आमाको निधनमा समेत मुन्डन नगराएका उनलाई श्रीदेवीको निधनले यस्तो धक्का लाग्यो कि उसले सबैका सामुन्ने मुन्डन गराए । केही बर्ष पहिले ४८ बर्षीय ओपी मेहरा घरबाट पैसा चोरेर श्रीदेवीसँग भेट्नका लागि गएका थिए । यसै क्रममा राजस्थान प्रहरीले उनलाई पक्राउ गरेर जेलसम्म पठाएका थिए । तर पनि उनी सधै श्रीदेवीलाई भेट्ने आशामा रहन्थे ।

उनले लगातार ८ बर्षसम्म श्रीदेवीलाई ३ हजारभन्दा बढी चिठ्ठी लेखेका थिए । जसमा उनले आफ्नो सम्पूर्ण मनको कुरा लेखेका थिए । तर श्रीदेवीको बोनी कपूरसँग विवाह भएपछि भने उनले चिठ्ठी लेख्न बन्द गरिदिएका थिए । उनले श्रीदेवीको मृत्युको १३ औँ दिनमा ५१ जना कन्याहरुलाई भोजन गराउने घोषणा पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "१२ बर्षदेखि श्रीदेवीको तस्बिरलाई पुजा गर्दे आइरहेका छन् यि व्यक्ति, मृत्युपश्चात उठाए यस्तो कदम"

Leave a comment