गायिका जलजलाकाे उपचारका लागि कतारबाट पठाइएकाे सहयाेग रकम हस्तान्त्ररण

 काठमाडौँ । दुबै मृगौला फेल भएपछी शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत गायिका जलजला परियारलाई कतारमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

कतारको अल्खोरस्थित मिस्नाद र रस्लाफानको म्वाज कम्पनीमा कार्यरत नेपाली युवाले पठाएको ९३ हजार ५सय ४५ रुपैयाँ गायिका परियारको बुबालार्इ हस्तान्त्ररण गरिएको छ ।

प्रवासमा रहेर समाज सेवामा सक्रिय युवाहरू सुरज तामाङ, ज्ञानेन्द्र के।सी,रोहित बुढाथोकी, बिरेन्द्र याक्थुम्वा, बिस्नु परियार, थर्चा लामा, राज परियार, भेस धिमाल, राज गुरुङ,रोशन बस्नेत,आनन्द देब रार्इ, जलेन्द्र बि।क लगायतबाट संकलित उक्त रकम जलजलाका लागि पठाइएको हो ।

सहयोगी युवाहरूले गायिका परियारको सिघ्र स्वस्थ्यलाभको कामना गर्दै प्रतिभावान् गायिकाको उपचारमा विश्वभरका नेपालीले सहयोग गरून भन्ने कामना समेत गरेका छन् । कतारबाट पठाइएको रकम जलजला परियारको बुवा नारायण परियारलार्इ शान्ती तामाङ र ज्योति शाहले हस्तान्त्ररण गरेका थिए । रकम बुझ्दै जलजलाका पिता नारायणले सहयोगीलार्इ धन्यावाद भन्दै छोरीको उपचारका लागि सबै उपाय जारि राखेको बताए ।

नेपाली तारा सिजन –३ मा उत्कृष्ट ६ बाट बाहिरिएकी गायिका जलजला परियार पछिल्लो समय शास्त्रीय संगीतको अध्ययन गरिरहेकी थिइन् । दुबै मृगौलाले काम गर्न छाडेको थाहा पाएपछि उपचार सुरू गरिएको थियो ।

उपचारमा खर्च अभाव भएपछि परिवारले विश्वभर रहेका नेपालीहरूबाट अर्थिक सहयोगका लागि अपिल गरेका थिए । मृगौला ट्रान्सप्लान्टका जलजलालार्इ भारत लैजाने तयारी भर्इ रहेको पारिवारिक स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "गायिका जलजलाकाे उपचारका लागि कतारबाट पठाइएकाे सहयाेग रकम हस्तान्त्ररण"

Leave a comment