शंकर पोखरेल प्रदेश ५ को मुख्यमन्त्रीमा नियुक्त,सपथ बिहिबार

बुटवल । फागुन २ । नेकपा एमालेका नेता शंकर पोखरेल प्रदेश नम्बर ५ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता रहेका पोखरेललाई बुधबार मुख्यमन्त्री नियुक्त गरेका हुन ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम पोखरेललाई दुई दलको समर्थन भएपछि प्रदेश प्रमुख झाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्तीका लागि एमाले र माओवादीले आइतबार नै दावि पत्र पेश गरेका थिए । दाङ निर्वाचन क्षेत्र २ को ‘क’बाट प्रदेश सभामा निर्वा्चित पोखरेल एमाले स्थायी समिति सदस्य हुन ।

उनले सञ्चारमन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । माओवादी केन्द्रको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन । पोखरेललाई बिहिबार दिउसो ३ बजे शपथ ग्रहण गराउने कार्यक्रम प्रदेश प्रमुखको कार्यालयले तय गरेको सचिव सनत कुमार दवाडिले पत्रकार भेटघाट गरि जानकारि दिए ।

मुख्यमन्त्रीसंगै दुई मन्त्रीले समेत शपथ लिदैछन् । केही समयका लागि तीन जनाको मन्त्रीमण्डलले नै प्रदेश चलाउने बताइएको छ । पूर्वाधार व्यवस्थापन पछि मन्त्रीपरिषद् विस्तार गर्ने मुख्यमन्त्री पोखरेलको योजना छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on