नगरपालिकाको कार्यालय सार्ने विषयलाई लिएर रौतहटमा झडप, एक दर्जन बढी घाइते

रौतहट, २ फागुन । रौतहटको बृन्दावन नगरपालिकाको कार्यालय ५ किलोमिटर हर्षाहा चोकमा सार्ने विषयलाई लिएर बुधवार झडप भएकाे छ । 
विहान १० बजेदेखि स्थानीय बासिन्दाहरु नगरपालिकाको कार्यालय घेरा हालेर ढुंगामुढा गर्न थालेपछि सुरक्षामा तैनाथ सुरक्षाकर्मीले २१ राउण्ड टियर ग्यास प्रहार गरेका थिए । 
टियर ग्यास प्रहारबाट पनि अाेन्दलनरतहरू नभागे पछि प्रहरीले लाठी चार्ज गरेकाे छ । अवस्था अत्यन्तै तनावपूर्ण बन्दै गए पछि जिल्लाको अन्य युनिटहरुबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई त्यस तर्फ पठाइसकेको रौतहटका एसपी यज्ञविनोद पोखरेलले बताए ।
स्थानीय बासिन्दाहरु विश्राम्पुरबाट कुनैपनि अवस्थामा कार्यालय सार्न नदिने अडान राखेर उनीहरु ढुंगामुढा लागातार रुपमा गरिरहदा कम संख्यामा रहेका सुरक्षाकर्मीहरु आत्मरक्षाका लागि टियरग्यासका सेल प्रहार गरेको बताउदै एसपी प