प्रधानमन्त्रीद्वारा महाशिवरात्रिको शुभकामना

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले महाशिवरात्रिका अवसरमा समस्त हिन्दू धर्मावलम्बीलाई आज शुभकामना दिएका छन् । शिवरात्रिका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ ।

देउवाले यस्ता चाडपर्वले सम्पूर्ण नेपालीबीच बढ्ने आपसी विश्वास, सहमति र सहकार्यले मुलुकको समृद्धिमा प्रेरणा दिने पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "प्रधानमन्त्रीद्वारा महाशिवरात्रिको शुभकामना"

Leave a comment