वाह ! सन्तपुर,ठडियाे ‘धुर्मुस-सुन्तली’काे सपनाकाे बस्ती (फाेटाे फिचर)

माघ २१, काठमाडाैँ । हास्य अभिनेता सिताराम कट्टेलले शनिबार साँझ अाफ्नाे फेसबुकमा एउटा स्ट्याटस लेखे ‘ठडियो तपाईं हाम्रो सपनाको बस्ति !! माघ २३ गते बिहान ११ बजे सन्तपुरमा हजुरहरु सबै लाई हार्दिक स्वागत !!!’

हास्य कलाकारिता क्षेत्रमा चर्चित कट्टेलकाे उक्त फेसबुक स्ट्याटस १३ घण्टामा ११ हजारबढीले लाइक् गरेका छन् भने  ११ सय ९५ पटक सयर भएकाे छ, सयाैँ प्रतितक्रियहरू याे छाेटाे स्ट्याटसमा व्यक्त भएका छन् याे क्रम जारी नै छ।

भूकम्प, बाढी पहिराे,डुबान तथा गरीबीका कारण अाक्रान्त बनेका जनताका लागि सरकार मुकदर्शक बनिरहँदा तिनै जनताकाे मुहारमा खुसीका लागि कलाकार दम्पती सिताराम र कुञ्जना (धुर्मुस-सुन्तली) दिलाेज्यान दिएर लागेका छन् ।

हाे, धुर्मुस-सुन्तलीकाे अर्काे एउटा महत्वकांक्षी सपनाकाे परियाेजना  ‘एकीकृत नमूना सन्तपुर मुसहर बस्ती’  हस्तान्त्ररणका लागि तयार भएकाे छ ।  धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा रौतहटको चन्द्रपुर नगरपालिकामा निर्माणाधिन उक्त परियाेजना  माघ २३ गते स्थानीयलार्इ हस्तान्तरण हुँदैछ ।

धुर्मुसले आफनो जन्मदिनको अवसर पारेर ४७ वटा घर, प्राथमिक विद्यालय, सामुदायिक भवन, मन्दिर र भ्युटावरका ५० वटा भन्दा बढी संरचना निर्माण गर्न गत असोज ४ मा बस्तीको शिलान्यास गरेका थिए।  माघ २४ गते बस्तीहस्तान्तरण गर्ने बताइएकाे भए पनि लक्ष्य भन्दा एक दिन अगाडि नै धुर्मुस -सुन्तलीले बस्तिकाे साँचाे स्थानीयबासीलार्इ बुझाउँदै छन् ।

बस्ती पूर्णरूपमा निर्माणको लागि एक करोड ३० लाख भन्दा बढी रकम अपुग भएपनि धुर्मुसले ऋण लिएर निर्धारित समय अगावै बस्ती हस्तान्तरण गर्न खाेजेका हुन् ।

तस्विरहरू सिताराम कट्टेलकाे फेसबुकबाट लिइएकाे हाे । 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "वाह ! सन्तपुर,ठडियाे ‘धुर्मुस-सुन्तली’काे सपनाकाे बस्ती (फाेटाे फिचर)"

Leave a comment