सेयरबजारमा सकारात्मक संकेत, सूचक र कारोबार दुबैमा सुधार

लगातार केही दिन यता घटेको सेयरबजार बुधबार उकालो लागेको छ । कारोबारमा आएका अधिकांस समूहका सूचक बढेपछि नेप्से सूचक तथा कारोबार रकम दुवैमा सुधार आएको छ । नेप्से सूचक तथा कारोबार रकम दुवै बढेपछि लगानीकर्तामा बजारले आसा जगाएको छ ।

बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक पछिल्लो आधा घण्टामा ८.६५ अंकले उकालो लागेर १३८८.९४ विन्दुमा पुगेर बन्द भएको छ । अन्तिम समयमा आएर नेप्से परिसुचक तथा कारोबार रकम दुबै उकालो लागेको हो ।बुधबार बजारमा १५५ कम्पनीको ३८ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । गत सोमबार २४ करोड रुपैयाँको कारोबार भएको थियो।

छिटै नै नयाँ सरकार गठन हुने र लामो समयदेखि रोकिएका सुधारका कार्यक्रमले गति लिने आसमा लगानीकर्ता बजारप्रति आसावादी भएको देखिन्छ । अर्कातर्फ अधिकासं कम्पनीहरुले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेकाले कम्पनीको वित्तीय विवरण मुल्याकंन गरेर लगानीकर्ता विस्तारै बजारमा फर्किने प्रयास गरेको समेत देखिन्छ । जसले गर्दा कारोबारमा केही बढोत्तरी समेत भएको छ ।

केही दिनमै नयाँ सरकार गठन हुने देखिएपछि लगानीकर्ताको मनोबल बढेको एक लगानीकर्ताले बताए।बुधवार क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.५१ अंकको वृद्धि संगै २९३.५८ अंकमा उक्लिएको छ।

वित्त, उत्पादन र अन्य बाहेक सबै समूहको सूचक उकालो लागेपछि बजार बढेको हो । सबैभन्दा बढी बीमा समुहको परिसुचक १ सय २१ अंकले बढ्यो भने माइक्रोफाइनान्स समुहको परिसुचक २० दशमलव ५५ अंकले उकालो लागेको छ । यसैगरी बैंकिङ समुहको परिसुचक पनि ५ दशमलव ६१ अंकले उकालो लागको छ । बुधबार जलविद्युत, विकास बैंक, होटल तथा व्यापार समुहका परिसुचक पनि सामान्य उकालो लागेका छन् ।

यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर ५ करोड ५० लाख बढीको किनबेच भयो । प्रभु बैंकको पनि पाँच करोड बढीकै सेयर किनबेच भएको छ । आरएसडीसी लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै करिब १० प्रतिशत कमाएका छन् भने कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा धेरै करिब ६ प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "सेयरबजारमा सकारात्मक संकेत, सूचक र कारोबार दुबैमा सुधार"

Leave a comment