‘लिलिबिली’ को शीर्ष गीत रिलिज, जसितालाई इन्जिन गाडीमा घुम्न जाउँ भन्दैछन् प्रदीप

प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे को अवसर पारेर प्रदीप खड्का स्टारर फिल्म ‘लिलिबिली’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । ‘घुम्न जाउँ इन्जिन गाडीमा’ बोलको गीतमा प्रदीपले जसिता गुरुङलाई फकाउदै गरेको देखाइएको छ ।

एस.डी.योगीको स्वर तथा संगीत रहेको गीतको शब्द एकतारेले लेखेका हुन् । गीतमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र जसिता गुरुङ लाई फिचरिड. गरिएको छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सुदिप बरालले खिचेका हुन् । भिडियोमा स्कटल्याण्डको सौन्दर्य कैद गरिएको छ ।

मिलन चाम्सले निर्देशन गरेको फिल्ममा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । फिल्म चैत्र ३० गतेबाट प्रदर्शनमा आउदैछ ।

यसैबीच निर्माण टीमले फिल्मको शीर्ष गीतको कभर भिडियो प्रतियोगिता पनि घोषणा गरेको छ । युट्युबमा सर्वाधिक भ्युज पाउने भिडियोलाई १ लाख नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘लिलिबिली’ को शीर्ष गीत रिलिज, जसितालाई इन्जिन गाडीमा घुम्न जाउँ भन्दैछन् प्रदीप"

Leave a comment