प्रदेश ७ काे मुख्य मन्त्रिमा त्रिलोचन भट्टको दाबि पेस

भानुभक्त आचार्य , फागुन २, धनगढी, माओवादी केन्द्रको तर्फबाट डोटिबाट निर्वाचित प्रदेश सभा सदस्य त्रिलोचन भट्टलाई सात नम्बर प्रदेशको मुख्य मन्त्रिमा नियुक्त गर्न प्रदेश प्रमुख कार्यालयमा आज दाबि पेस गरिएको छ । प्रदेश प्रमुखले मुख्य मन्त्रिमा दाबि पेस गर्न आज बिहान दलहरुलाइ आह्वान गरेका थिए । एमाले र माओवादीबाट निर्वाचित ३७ जना प्रदेश सभा सदस्यहरुको हस्ताक्षरमा भट्टलाइ मुख्य मन्त्रि बनाउन दाबि पेस गरिएको हो ।

सात नम्बर प्रदेशको मुख्य मन्त्रिका लागि माओवादी केन्द्रका संसदिय दलका नेता त्रिलोचन भट्टको दाबि पेस गरिएको छ । बुधबार भट्टको एक्लो दाबि प्रदेश प्रमुख कार्यालयमा परेको छ ।

प्रदेश प्रमुख कार्यालयले फागुन ४ गते सम्म मुख्य मन्त्रिको लागि दलहरुलाइ दाबि पेस गर्न आह्वान गरेका थिए । एमाले र माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरुको लिखित हस्ताक्षर सहित त्रिलोचन भट्टका नाममा दाबि परेको प्रदेश प्रमुख कार्यालयका उपसचिब हिरालाल चौधरीले जानकारी दिए ।

प्रदेशसभा सदस्यमा बहुमत प्राप्त दलको नेतालाइ मुख्य मन्त्रिमा नियुक्त गर्ने संबैधानि ब्यवस्था रहेको छ । सोही अनुरुप एमाले र माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरुले माओवादी केन्द्रका संसदिय दलका नेता त्रिलोचन भट्टलाइ मुख्य मन्त्रि बनाउन बुहमत पु¥याएर दाबि पेस गरेका हुन् । भट्टको एक्लो दाबि परेपछि स्वत उनीनै मुख्य मन्त्रि बन्ने निश्चित भएको छ । भट्टलाई बिहिबार मुख्य मन्त्रिमा नियुक्त गरिने प्रदेश प्रमुख कार्यालयका उपसचिब चौधरीले बताए ।

५३ जना प्रदेश सभा सदस्य रहेको सात नम्बर प्रदेशमा सरकार गठनका लागि २७ जनाको समर्थन आवश्य पर्दछ । भट्टले ३७ जना सदस्यहरुको हस्ताक्षर सहित दाबी पेस गरको हुन् । निर्बिरोध रुपमा मुख्य मन्त्रिका लागि दाबि परेपछि ५ गते भित्रै उहाँलाइ सपथ ग्रहण गराउने तयारी थालिएको छ । मुख्य मन्त्रिका उम्मेदवार भट्टले मुख्यमन्त्रिमा दाबि पेस गरिसकेपछि आफुले थप जिम्मेवारी पाएको र कुसलता पुर्वक बहन गर्ने बताए ।

मुख्यमन्त्रिमा भट्टलाई बिहिबार नियुक्त गर्ने प्रदेश प्रमुख कार्यालयले जनाएको छ । माओवादी केन्द्र र एमालेले एक एक मन्त्रि छनोट गरि ५ गते भित्रै मुख्य मन्त्रि सहित अन्य दुइ मन्त्रिलाइ पनि एकै साथ सपथ ग्रहण गराउने ग्रहकार्य थालिएको छ । मुख्य मन्त्रि बिहिबार नियुक्त भए एक महिना भित्रै संसदबाट बिश्वासको मत लिनुपर्ने ब्यवस्था रहेको संसद सचिवालका उपसचिब झलक शर्माले बताए ।

बिहिबार मुख्य मन्त्रि नियुक्त भए त्यसको दुइ दिनभित्रै अन्य दुइ मन्त्री नियुक्त गरि सपथ ग्रहण गराउने प्रदेश प्रमुख कार्यालयको तयारी छ । प्रदेश नम्बर ७ मा एमालेका २५ माओवादी केन्द्रका१४, कांग्रेसका १२ र राष्ट्रिजनता पार्टीका दुई सांसद हुनु हुन्छ । मुख्यमन्त्रीको दावी पेश भएलगत्तै एमाले र माओवादी भित्र मन्त्रीका लागी दौडधुप सुरु भएको छ । एमालले अहिले सम्म संसदीय दलको नेता समेत चयन गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "प्रदेश ७ काे मुख्य मन्त्रिमा त्रिलोचन भट्टको दाबि पेस"

Leave a comment