नगरपालिकाको कार्यालय सार्ने विषयलाई लिएर रौतहटमा झडप, एक दर्जन बढी घाइते

रौतहट, २ फागुन । रौतहटको बृन्दावन नगरपालिकाको कार्यालय ५ किलोमिटर हर्षाहा चोकमा सार्ने विषयलाई लिएर बुधवार झडप भएकाे छ । 
विहान १० बजेदेखि स्थानीय बासिन्दाहरु नगरपालिकाको कार्यालय घेरा हालेर ढुंगामुढा गर्न थालेपछि सुरक्षामा तैनाथ सुरक्षाकर्मीले २१ राउण्ड टियर ग्यास प्रहार गरेका थिए । 
टियर ग्यास प्रहारबाट पनि अाेन्दलनरतहरू नभागे पछि प्रहरीले लाठी चार्ज गरेकाे छ । अवस्था अत्यन्तै तनावपूर्ण बन्दै गए पछि जिल्लाको अन्य युनिटहरुबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई त्यस तर्फ पठाइसकेको रौतहटका एसपी यज्ञविनोद पोखरेलले बताए ।
स्थानीय बासिन्दाहरु विश्राम्पुरबाट कुनैपनि अवस्थामा कार्यालय सार्न नदिने अडान राखेर उनीहरु ढुंगामुढा लागातार रुपमा गरिरहदा कम संख्यामा रहेका सुरक्षाकर्मीहरु आत्मरक्षाका लागि टियरग्यासका सेल प्रहार गरेको बताउदै एसपी पोखरेलले नेपाल प्रहरीबाट अहिले सम्म १७ र सशस्त्र प्रहरीबाट ४ गरी २१ राउण्ड टियर ग्यासको सेल प्रहार भएकाे जानकारी दिए । 
स्थानीय बासिन्दाहरु नगरपालिकाको कार्यालयको कम्पाउण्डका ढोका फुटालेर कम्पाउण्ड भित्र प्रवेश गरिसकेको छ प्रहरीले लाठी चार्ज गरिरहेको छ, तर जनता पछि हट्न तयार नरहेको अवस्थामा झन् तनावपूर्ण बनेको छ । 
नेपाल सरकारको निती अनुसार नगरअधिवेशन पछिको पहिलो बैठकबाट मेयर सहितका पदाधिकारीहरुले विश्राम्पुरबाट नजिकै रहेको गौर चन्द्रनिगाहपुर सड्कखण्डमा पर्ने हर्षाहा चोकमा नगरपालिकाको कार्यालय सार्ने निर्णय गर्न लाग्दा स्थानीय बासिन्दाहरु आक्रोशित हुँदै ढुंगामुढामा उत्रिएका हुन् । झड्पमा परी स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरु गरी एक दर्जन भन्दा बढि घाईते भएका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नगरपालिकाको कार्यालय सार्ने विषयलाई लिएर रौतहटमा झडप, एक दर्जन बढी घाइते"

Leave a comment