अस्पतालको बिल तिर्न नसक्दा ५महिनासम्म बन्धक बनाइयो सानी बच्चीलाई

अफ्रिकाको एउटा गबोन नामक देशमा एउटी आमाले जन्मेको ५ महिनापछि आफ्नी छोरीलाई अस्पतालबाट मुक्त गराएकी छिन् । त्यहाँको एउटा अस्पतालले पुरै बिल चुकाउन नसकेका कारण ५ महिनासम्म सानी बेबी एन्जेललाई उसको आमाबाट टाढा राखेर बन्धक बनाएका थिए ।

यो मामला अगाडि आएपछि पुरै देशमा उक्त बच्चीको परिवारका लागि एउटा अभियान नै चलाइएको थियो । जसअन्तर्गत ३ हजार ६३० डलर जम्मा गरेर अस्पतालको बिल चुक्ता गरिएको छ ।

खास कुरा भनेको गबोन देशका राष्ट्रपति अली बोन्गोले पनि यस अभियानको समर्थन गर्दै केही राशी जम्मा गरेर बच्चीको परिवारलाई उपलब्ध गराएका थिए ।

गबोनको राजधानी लिबरभिलेमा रहेका बीबीसी संवाददाता चाल्र्स स्टीफन मवोनगोऊका अनुसार गत सोमबार यस मामलासँग सम्बन्धित निजी अस्पतालका निर्देशकमाथि बच्चाको अपहरण गरेको मुद्दा दर्ता गराएर उनलाई पक्राउ गरिएको थियो । तर एक दिनपछि उक्त आरोप फिर्ता लिइएको थियो ।

बेबी एन्जेललाई अन्ततः विभिन्न सहयोगमा ५ महिनापछि अस्पतालबाट निकालिएको छ । बच्चीकी आमा सोनिया ओकोमेले आफूले आफ्नी बच्चीलाई फिर्ता पाएकोमा खुसी भएको भन्दै यत्रो बर्षसम्म बच्चाबाट टाढा भएकोमा दुखी भएको बताइन् ।

गबोनको स्थानीय मिडियाका अनुसार निर्धारित समयभन्दा पहिले नै जन्मिएका कारण बेबी एन्जेललाई ३५ दिनसम्म इनक्यूबेटमा राख्न परेको थियो । त्यसैका कारण उनको खर्चको बिल पनि धेरै नै आएको थियो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अस्पतालको बिल तिर्न नसक्दा ५महिनासम्म बन्धक बनाइयो सानी बच्चीलाई"

Leave a comment