अपराधिलाई पहिचान गर्नसक्ने स्मार्ट चश्मा

चीनले आफ्ना प्रहरी जवानहरुलाई यस्तो निगरानीवाला सनग्लासेस दिएको छ, जुन हाइटेक फेस रिकग्निशन प्रविधियुक्त रहेको छ । उक्त चश्माको सहायताले प्रहरीहरुले सहज तरिकाले संदिग्ध वा अपराधिलाई पहिचान गरेर समात्न सक्नेछन् ।

पछिल्ला दिनहरुमा चिनियाँ प्रहरीका केही जवानहरु त्यहाँको एउटा रेलवे स्टेशनमा हाईटेक सनग्लासेसका साथ देखिएका थिए । यसको खास कुरा भनेको आफ्ना जवानहरुलाई दिइएको फेसियल रिकग्निसन टेक्नोलोजीमा आधारित उक्त सनग्लासेसका सहायताले चीन प्रहरीले ७ जना अपराधिहरुलाई तुरुन्तै समातेका थिए ।

चीन हालका दिनहरुमा दुनियाँमा फेसियल रिकग्निसन टेक्नोलोजीको मामलामा एक नम्बरमा पुगेको छ । यसैको सहारामा चिनीयाँ सरकारले झियांगझू प्रोभिन्सको सेन्ट्ल सिटीको एक व्यस्त रेलवे स्टेशनमा जब आफ्ना जवानहरुलाई उक्त चश्मा दिएर पठाए, तब त्यसको नतिजा आश्चर्य पार्नसक्ने खालको आएको थियो ।

उक्त टेक्नोलोजीको सहयताले जवानहरुले भीडबाट ७ जना अपराधिहरुलाई पहिचान गरेर तुरुन्तै पक्राउ गरेका थिए । अब पुरै देशमा नै उक्त सनग्लासेसको सहायताले प्रहरीको क्षमतालाई कयौँ गुणा बढाउनेमा लागेका छन्, ताकि जथाभावी रुपमा घुमिरहेका अपराधिहरुको पहिचान गरी उनीहरुलाई पक्राउ गर्न सकियोस् ।

यो स्मार्ट चश्मामा जडित हाईडेफिनेसन क्यामेराले सामने भएको हरेक व्यक्तिलाई हेरेर उसको अनुहार स्क्यान गर्ने गर्दछ । क्यामेरामा रहेको ताररहित चिप चिनियाँ प्रहरीको सेन्ट्ल कम्प्युटर डेटाबेसमा जोडिएको छ । यसको सहायतााले सेन्ट्ल प्रहरीले क्यामेराबाट स्क्यान भएको अनुहारका आधारमा अपराधिहरुको पहिचान र्ने गर्दछ । यसले रियल टाइममा नै अपराधिको पहिचान गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अपराधिलाई पहिचान गर्नसक्ने स्मार्ट चश्मा"

Leave a comment