कपिल शर्मा नयाँ कार्यक्रमका साथ टेलिभिजनमा फर्किदै

लामो समयदेखि ब्रेकमा रहेका भारतीय कमेडियन तथा एक्टर कपिल शर्मा नयाँ शो का साथ फेरी टेलिभिजन पर्दामा आउने भएका छन् । कपिल शर्मा शो बन्द भएपछि उनी टेलिभिजनको पर्दामा देखिएका थिएनन् । उनी फेरी नयाँ कार्यक्रम मार्फत पर्दामा देखिने खबरले लामो समयदेखि प्रतीक्षा गरिरहेका उनका फ्यानहरुका लागि खुसीको खबर हुनसक्छ ।

केही समय अघि शो को प्रोमो प्रशारण गरिएकोमा नाम भने सार्वजनिक गरिएको थिएन । तर हालैमा कपिलले आफ्नो फेसबुक लाइभ मार्फत शो को नाम बताएका छन् । उनले आफ्नो शो को नाम ‘फेमिली विथ कपिल शर्मा’ हुने बताएका छन् ।

उनको आउदो कार्यक्रम सोनी टिभी मार्फत नै प्रशारण हुने भएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "कपिल शर्मा नयाँ कार्यक्रमका साथ टेलिभिजनमा फर्किदै"

Leave a comment