यस्तो छ अक्षय कुमारको ‘प्याडम्यान’ को ३ दिने बक्स अफिस कलेक्सन

बलीउडका खेलाडी अक्षय कुमारको हालैमा रिलिज भएको फिल्म ‘प्याडम्यान’ ले बलीउडमा राम्रो कलेक्सन गरिरहेको छ । सेनिटरी न्यापकिन जस्तो मुद्दामा बनेको सन्देशमूलक फिल्म हेर्नका लागि भारतीय फिल्म हलहरुमा आइतबार पनि दर्शकहरुको धेरै भीड लागेको बताइएको छ ।

फिल्मले आइतबार मात्र घरेलु बक्स अफिसमा करिब १६ करोड रुपैयाँ कमाएको थियो । पहिलो हप्ता अर्थात् ३ दिनमा फिल्मले करिब ४० करोड भारु कमाएको छ ।

फिल्मले पहिलो दिन १०.२६ करोड रुपैयाँ कमाएको थियो । जबकि फिल्मले दोस्रो दिन शनिबार १३.६८ करोड रुपैयाँ कमाएको थियो । वर्ल्ड वाइड रुपमा फिल्मले ३ दिनमा ५७.२० करोड कलेक्सन गरेको बताइएको छ ।

६० करोड वजेटमा बनेको यस फिल्मलाई दर्शक र क्रिटिक्सहरुबाट राम्रै प्रतिक्रिया मिलिरहेको छ । आर बाल्कीले निर्देशन गरेको फिल्ममा अक्षय कुमारसँगै राधिका आप्टे र सोनम कपूरपनि मुख्य भुमिकामा रहेका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "यस्तो छ अक्षय कुमारको ‘प्याडम्यान’ को ३ दिने बक्स अफिस कलेक्सन"

Leave a comment