आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२,नेपाललार्इ १७८ रनको लक्ष्य

२९ माघ, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ मा केन्याले नेपाल बिरुद्ध १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ । नामिबियामा जारि प्रतियोगितामा पहिले ब्याटिङ रोजेको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाउन सक्यो ।

केन्याका लागि इरफान करिमले ४२, एलेक्स ओबान्डाले ४१, धिरेन गोन्डारियाले २७ र नेल्सन ओडियाम्बोले नटआउट २४ रन लिए । नेपालका सन्दीप लामिछानेले आज उत्कृष्ट बलिङ गरे । १० ओभर बलिङ गरेका सन्दीपले ५ मेडन राख्दे २० रन खर्चेर ५ विकेट लिए।

खेलमा सोमपाल कामी, शरद भेषावकर र बसन्त रेग्मीले पनि १/१ विकेट लिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२,नेपाललार्इ १७८ रनको लक्ष्य"

Leave a comment