१० बर्षसम्म आमिर खानले यो एउटा मात्र फिल्ममा काम गर्ने

आमिर खान अब ‘ठग्स अफ हिन्दुस्तान’ पछि १० बर्षसम्मका लागि एउटै फिल्ममा मात्र व्यस्त हुने भएका छन् । उनको त्यो फिल्म हो, ‘महाभारत’ ।

आमिर खानको महत्वाकांक्षी फिल्म ‘महाभारत’ मा काम सुरु भएको छ । फिल्मको प्री प्रोडक्सनको काम भइरहेको छ । फिल्मलाई ५ भागमा बनाइने भएको छ ।

फिल्म बन्नका लागि लामो समय लाग्ने भएकाले आमिर खान अब आउने १० बर्षसम्मका लागि यहीँ फिल्ममा नै सीमित भएर काम गर्ने भएका छन् । सबै फिल्मको भागको निर्देशन उनकै फिल्म ‘सीक्रेट सुपरस्टार’ का निर्देशक अद्वैत चन्दनले गर्ने भएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार आमिर खानका भान्जा इमरान खान पनि यसै फिल्मबाट कमब्याक गर्ने भएका छन् । यद्यपी उनको यस फिल्मका लागि भुमिकाका बारेमा भने केहीपनि जानकारी दिइएको छैन ।

मिस्टर परफेक्शनिष्ट मानिने आमिर खान हालका दिनहरुमा आफ्नो आउदो फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को सुटिङमा व्यस्त रहेका छन् । फिल्ममा उनका साथ अमिताभ बच्चन, कटरीना कैफ र फातिमा सना शेख पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "१० बर्षसम्म आमिर खानले यो एउटा मात्र फिल्ममा काम गर्ने"

Leave a comment