यौन आनन्द प्राप्त गर्ने पाँच चरण (डाक्टरकाे सल्लाह)

यौन शब्दले नै मानिसमा एक खालको तरंग ल्याउने गर्छ । हरेक व्यक्तिले हरेक पलजसो कुनै न कुनै रूपमा यौनका बारेमा सोच्ने गरेको हुन्छ । तर यौनमा आनन्द भएन भने त्यो स्वार्थपूर्तिका लागि गरिने शारीरिक क्रियाकलाप मात्र हुन जान्छ । अतृप्त यौन आनन्दका लागि पुरुष र महिला दुवैको उत्तिकै सहभागिता  हुनुपर्छ । दुवैले यौन सम्पर्कका बेला यौन आनन्द प्राप्त गर्नु आवश्यक छ ।

एकजनाले मात्र सन्तुष्ट हुनुलाई सम्भोग भनिँदैन । सम्भोगको  अर्थ नै दुवैले समान रूपमा भोग्नु वा यौनको आनन्द पाउनु हो । यौन आनन्द प्राप्त गर्न विशेष गरी पाँच चरण पार गर्नुपर्छ ।

चाहना

यौन आनन्दको पहिलो चरण होचाहना । सबैभन्दा पहिला यौन सम्पर्क राख्ने चाहना हुनुपर्छ । चाहना भएन भने जबर्जस्ती गरिने यौनसम्पर्कले सन्तुष्टिभन्दा असन्तुष्टि नै पैदा गर्दछ । यौनमा कल्पनादृश्यआवाजवासनाकुराकानीस्पर्शअश्लील चित्रचलचित्र हेर्दा उत्पन्न हुने यौन चाहना आदि पर्दछन् । यौनाकर्षण व्यक्तिपिच्छे फरकफरक हुन्छन् । कसैको कपालमा त कसैको स्तनमा यौन आकर्षण हुन्छ । कसैको पिँडौलामा त कसैको आँखामा यौन आकर्षण हुन्छ । कसैकसैको गर्धन र कतिपयको ओठमा यौन आकर्षण हुन्छ । यही यौन आकर्षणले मानिसमा यौन चाहना बढाउने गर्छ ।

उत्तेजना

यौन आनन्दको अर्को चरण हो उत्तेजना । महिलाको तुलनामा स्वभावैले  पुरुष यौन आकर्षणमा उत्तेजि