संसारको सबैभन्दा चिसो गाउँ , जहाँ डिजिटल थर्माेमिटर नै फुट्याे

विश्वको सबैभन्दा चिसो मानिएको गाउँको हालको तापक्रम सबैभन्दा कम तापक्रमको नजिक पुगेको छ । यो गाउँलाई त्यसैपनि संसारको सबैभन्दा चिसो गाउँ भनिँदैन । किनकि हालको तापक्रम कति छ र मौसम कति चिसो छ भन्ने कुरा यहाँबाट पनि प्रस्ट हुन्छ कि, केही दिनअघि मात्र यहाँको चिसोले डिजिटल थर्माेमिटर नै तोडिदिएको छ ।

रसियाको याकुटिया क्षेत्रमा पर्ने ओएमीकोन नामक यस गाउँमा –६२ डिग्री तापक्रम पुगेको छ । यो गाउँको नाम ओएमीकोन नदीको नामका आधारमा राखिएको थियो । जसको शाब्दिक अर्थ ‘नजमेको पानी, जहाँ माछाहरुले जाडो बिताउने गर्दछन्’ भन्ने हुन्छ ।

चिसोले फुटेको उक्त डिजिटल थर्माेमिटर गत बर्ष पर्यटकहरुलाई आकर्षण गर्नका लागि स्थापित गरिएको थियो । यद्यपी त्यहाँको तापमान     माइनस ६२ डिग्री भन्दा कम भएकाले उक्त थर्माेमिटर टुट्यो । किनकि त्यहाँ अत्याधिक मात्रामा चिसो भइरहेको थियो ।

सन् १९९३ मा ओएमीकोनमा सबैभन्दा कम तापक्रमका रुपमा माइनस ६८ डिग्री सेन्टिग्रेड तापक्रम मापन गरिएको थियो ।

त्यसपछि सन् २०१३ मा नासाले स्याटलाइट विश्लेषण मार्फत् अन्टार्टिकामा हालसम्मकै सबैभन्दा कम तापक्रम भएको घोषणा गरेको थियो । जहाँ उक्त समयको तापमान –९४.७ डिग्री सेल्सियस रहेको थियो ।

ओएमीकन नामक उक्त गाउँमा करिब ५०० जना मानिसहरु बसोबास गर्दै आइरहेका छन् । उनीहरुलाई त्यहाँको तापमानले सामान्य जीवन जिउनका लागि सहज नभइरहेको बताइएको छ ।

रुसको याकुत्स्क क्षेत्रकी २४ बर्षीया आनास्तासिया ग्रुजदेवा नामक एउटी महिलाले इन्टग्राममा आफू र आफ्नो साथीको आँखामा बरफ जमेको फोटो अपलोड गरेकी थिईन् । उनीहरुले उक्त फोटो बाहिरको कठोर चिसो परिस्थितिमा खिचेका थिए ।

पत्रकार एलेना पोतोस्कायालाई यो देखेर विश्वास लागिरहेको थिएन् त्यस्तो चिसो मौसममा पनि चिनीयाँ पर्यटकहरु त्यहाँ बिना कपडा केबल अंडरवेयर मात्र लगाएर घु्मिरहेका थिए ।

उनले स्थानीय मानिसहरु चिसोका कारण सडकमा समेत जान नै नसकिरहेको बताइन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "संसारको सबैभन्दा चिसो गाउँ , जहाँ डिजिटल थर्माेमिटर नै फुट्याे"

Leave a comment