सक्कायो मिस्टर भर्जिनले आफ्नो सुटिंग

माघ ३, काठमाडौँ । विशारद बस्नेतद्धारा निर्देशित चलचित्र मिस्टर भर्जिनको सुटिंग समापन भएको छ । मरिश्का पोख्रेल, गौरब पहारी, सिर्जना सुब्बा, बिजय बराल, कमलमणि नेपाल, भोलाराज सापकोटा र रविन्द्र झा लगायतले चलचित्रमा मुख्य भूमिका निभाएका छन् ।

चलचित्रको अन्तिम सुटिंग रहेको एउटा आईटम गीतको नृत्यमा दर्शकले नायिका छुल्ठिम गुरुङलाई पनि देख्न पाउने छन् । वोल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लिको ब्यानरमा बनेकाे चलचित्रमा यौन मनोविज्ञानको कथालाई मुख्य विषयवस्तु बनाइएको छ ।

चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको सिनेम्याटोग्राफी, दीपकमान सिंह र विक्रम स्वाँरको कोरियोग्राफी दर्शकले हेर्न पाउने छन् । फिल्मलाई पाँच जना निर्माताहरुले लगानी गरेका छन् । फिल्म मिस्टर भर्जिन वैशाख पहिलो साता प्रर्दशनमा आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "सक्कायो मिस्टर भर्जिनले आफ्नो सुटिंग"

Leave a comment