मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी मुकाम बारे कुनै निर्णय लिन सकेन

काठमाडौं । अाज बिहान बसेकाे मन्त्रिपरिषद् बैठक बिना निश्कर्ष टुंगिएकाे छ । बैठक अाज अपरान्ह ३ बजे बस्ने जनाइएकाे छ । अाजकाे बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी गरेको छ।

मधेसवादी दुई संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र कांग्रेसको भागबन्डामा सात प्रदेशमा प्रमुख नियुक्त हुन लागेका हुन् । प्रदेश २ र ५ मा मधेसवादी दलको सिफारिशमा प्रदेश प्रमुख नियुक्त हुनेछन् । राजपाले उमाकान्त झा र फोरमले रत्नेश्वरलाल कायस्थको नाम सिफारिश गरेका छन् ।

नेपाली कांग्रेसले बाँकी ५ प्रदेशमा प्रमुख बनाउने भएको छ । सरकारले प्रदेश प्रमुख नतोकिँदा निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक तर्फको निर्वाचन परिणाम बुझाउन पाएको छैन भने यसकै कारण राष्ट्रियसभा निर्वाचनमा पनि ढिलाइ भइरहेको छ ।

 

सरकारले प्रदेश नम्बर १को विराटनगर, २ को जनकपुर, ३ को ललितपुर, ४ को पोखरा, ५को बुटवल, ६ को सुर्खेत र सातको धनगढीमा प्रदेश सभाको पहिलो बैठक बस्ने गरी अस्थायी मुकाम तोक्न लागेको होे ।

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी मुकाम बारे कुनै निर्णय लिन सकेन"

Leave a comment