यसरी भए विश्वप्रकाश कांग्रेसको प्रवक्ता (समाचार टिप्पणी)


पुस २८, काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा एका एक कांग्रेसको प्रवक्ता भए पछि नेपाली कांग्रेस भित्र चर्चा र परिचर्चा सुरु भएको छ । कांग्रेसका एकथरी भन्छन् योग्य ठाउँमा सक्षम व्यक्ति पुगे । विगतमा कांग्रेसले गरेका राम्रा कामहरुको सन्देश जनमानसमा पुग्न नसकेरै पार्टी अहिलेको हालतमा पुगेकोले विश्व प्रवक्ता भएपछि अब सहि सन्देश प्रवाह हुन्छ भन्ने आश गर्छन  उनीहरु ।

अर्काथरि भन्छन्, पछिल्लो समय कांग्रेसका सात युवाहरुले नेतृत्व परिर्वतन गर्न आवाज उठाउने बित्तिकै देउवाले सो समूह फुटाउन विश्व प्रकाशलाई प्रयोग गरे र उनलाई प्रवक्ता बनाए । दुवै तर्क कुन सही भन्ने निक्र्यौल भविष्यले बताउने छ । तर कांग्रेस भित्र यी दुवै तर्क गर्नेहरु भेटिन्छन ।

वास्तवमा देउवा चुनाव अघिनै कांग्रेसमा प्रवक्ता चयन गर्न चाहान्थे । कुशल वक्ता र काठमाडौँका स्थानीय भएकाले जुनबेला पनि उपस्थीत हुने गगन थापा उनको पहिलो रोजाईमा परेकै हुन । गगन निकटका मानिसहरुको भनाईलाई आधार मान्ने हो भने पनि गगनका नाममा प्रवक्ता नियुक्तिको चिठ्ठी पनि बनेको हो ।

तर देउवाले आफू निकटका दाेस्राे तहका नेतासंगको छलफल पछि उनीहरुकै दवाबमा गगनका लागि बनेको चिठ्ठी गगनलाई दिन सकेनन् । यदी देउवा र गगनकाबिच मात्र कुरो भएको भए, गगन सायद प्रवक्ता बनिसक्थे । गगनले पनि चिठ्ठी नै नपाई आफ्ना निकटहरु मार्फत प्रेसलाई सुचना दिए । त्यसपछि उनलाई रोक्ने समूह अझ ब्यापक भयो ।

यसरी गगन प्रवक्ता हुन नसके पछि निर्वाचनको समयमा प्रचार प्रसारको जिम्मा नेता बालकृष्ण खाँणले पाए । यही सेरोफेरोमा बालकृष्ण खाँणले भावी प्रवक्ताका रुपमा आफुलाई लिएका हुन सक्छन । कांग्रेस भित्रैका मानिसहरुले भने अनुसार प्रकाश शरण महत लगायतका देउवा निकटका वयस्क पूस्ताहरु पनि प्रवक्तामा आक्रशित थिए ।

आखिर कसरी पाए त विश्व प्रकाशले ?

विश्व प्रकाश गगन जस्तै तार्कीक र स्पष्ट कुरा राख्न सक्ने नेता मानिन्छन् । विशेश्वर प्रसाद कोईरालाका प्रसंगहरु भाषणमा पटक पटक दोहोर्याउने हुनाले उनलाई केही कांग्रेसीहरुले सानो विपी समेत भन्ने गर्दछन् । जिल्ला राजनीतिमा कृष्ण सिटौलासंग बिचार नमिले पछि देउवा क्याम्पमा पुगेका शर्मा खासमा शंशाक कोईराला निकट हुन भन्नेहरु पनि कांग्रेसका छन ।

यो पटकको प्रवक्ता चयनमा देउवाले आफु निकटका दाेस्राे तहका नेताहरुसंग सल्लाह नगरी शर्मालाई प्रवक्ता दिएको हुन सक्छन । किन भने अघिल्लो पटक सरसल्लाह धेरै हुँदा गगन रोकिएको दृष्टान्त देउवाले लिइएको हुन सक्छन । पार्टीको विषयवस्तु सपाट तरिकाले लान सक्ने भएकाले देउवाले अरुसंग सल्लाह नगरी शर्मालाई नियुक्त गरेको हुनसक्ने अनुमान गर्न सकिन्छ । नेतृत्व हस्तान्तरण युवा पुस्तामा जानु पर्छ भन्ने मान्यता अनुसार नै प्रवक्ता चयन भएको देउवा निकट स्रोत बताउँछ ।

हालै भएको निर्वाचनमा गगन थापा काठमाडौँबाट निर्वाचित भई सकेर संसदमा प्रतिनिधित्व गरिरहदाँ शर्मा भने पराजित भएर काम बिहीन अवस्थामा पुगेका थिए । शर्माको जोश र उर्जालाई पार्टी मै खपत गर्न पनि देउवाले यो निर्णय लिए । फेरी शर्मा देउवा निकट पनि मानिन्छन् ।

शर्माको नियुक्ति हुनुभन्दा एकदुई दिन मात्र अगाडी कांग्रेसका युवा पुस्ता एक ठाउँमा भेला भएका थिए । राष्ट्रिय मेलमिलापका दिवशका दिन भेला भएका उनीहरुले कांग्रेसमा चामत्कारीक सुधार र नेतृत्व परिवर्तन गर्न समेत सामुहिक प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरुले अबिलम्ब केन्द्रीय समिति र माहासमिति बोलाउन दबाब दिने निर्णय गरिसकेका छन । सोही समूहका रहेका शर्मा एकाएक प्रवक्ता भए पछि सो समूह फुटाउन देउवाले चाल चलेको आरोप लगाउनेहरु पनि कांग्रेसका देखिएका छन । उनीहरुले विश्व प्रकाश यो समयमा देउवाको प्रवक्ता भएर जानु हुँदैनथ्यो पनि भनेका छन ।

यता विश्व प्रकाशले भने आफू प्रवक्ता भए पनि काँग्रेस सुधार्ने एजेण्डामा आफु सात युवासंगै रहेको बताउने गरेका छन ।
उनले प्रवक्ता भए पछि पार्टी उमेरले भन्दा पनि एजेण्डाले चल्नु पर्ने धारणा राखेका थिए । आईजिपी, प्रधानन्यायाधीश बिरुद्धको महाअभियोग लगायतका प्रकरणमा देउवाले सही निर्णय नगर्दा कांग्रेस अहिलेको अवस्थामा पुगेको भन्ने कांग्रेसीहरु विश्व प्रकाश प्रवक्ता भए पनि देउवाको मात्रै प्रवक्ता हुन सक्ने भन्दै आशंका व्यक्त गरेका छन ।

यता विश्व प्रकाशले भने पार्टीका कदमहरुलाई स्पष्ट रुपमा प्रष्ट्याउन आफु लागि पर्ने र पार्टीलाई रुपान्तरण गर्ने हर कमदमा आफ्नो साथ रहने बताउँदै आएका छन ।

विश्व र गगनको सम्वन्ध

नेपाली कांग्रेसको युवा पुस्तामा विश्व प्रकाश र गगन आशा लाग्दा अनुहार हुन । गत निर्वाचनको पूर्व सन्ध्यमा दुवै नेताले एक अर्कालाई भोट मागेका थिए । जहाँ शर्माले भनेका थिए, गगन देशको नेतृत् वगर्न सक्ने ल्याकत भएका नेता हुन । उता थापाले शर्माबारे भनेका थिए, मलाई शर्माको कार्यकर्ता भन्दा गौरव लाग्छ । उनीहरुले एक अर्कालाई सर्मथन गरि भोट मागेको प्रसंगले कांग्रेसको नयाँ पुस्ता उत्साहित भएको थियो । उनीहरु अहिले पनि दुवै नेताहरुबिच त्यही किसिमको सौहाद्रता चाहान्छन् ।

गगन थापाले ट्वीट मार्फत शर्मालाई बधाई दिई सकेका छन । अन्य पाँच भाईले बधाई दिए नदिएको थाहा हुन सकेको छैन । बिद्यार्थी राजनीतिमा विश्व गगन भन्दा शर्मा सिनियर हुन । २०५७ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष हुँदा थापा उपाध्यक्ष थिए । शर्मा र थापाका नेपाली कांग्रेस भित्र दुवै लोकप्रीय छन । उनीहरुको सांगठनिक सञ्जाल लगभग उस्तै हो । शर्मा लेख्ने र बोल्ने काममा निपूर्ण छन भने थापा पनि कम छैनन् । आवाज र अभिव्यक्तिका हिसाबले अझ गगन अगाडी देखिन्छन भने सृजना र कलामा शर्मा निपूर्ण छन् । गगन तीन पटक सांसद र मन्त्रीसम्म बनेकोले उनी प्रभावशाली बन्नु स्वभाबिक पनि हो ।

गणतन्त्रको आन्दोलनमा थापा काठमाडौँमा सकिय रहे भने शर्मा झापामा । गणतन्त्रको आन्दोलनमा लिएको उचाईले गगनलाई चाँडै नै राष्ट्रिय राजनीतिमा स्थापित बनायो र चर्चित भए । उता शर्मालाई भने यस्तो अवस्था जुरेन । २०६६, २०७० र २०७४ को निर्वाचन पछि गगन सांसद हुँदै मन्त्रीसम्म हुँदा पनि शर्मा २०७० र ७४को निर्वाचनमा पराजित भए । कुनै सार्वजनिक पद नपाएका शर्मालाई प्रवक्ता पद उपहार स्वरुप आएको छ । उनलाई कांग्रेसले परिक्षण गर्ने यो अवसर पनि हो र उनी आफैलाई पनि ।

अघिल्लो कांग्रेसको महाधिवेसनमा महामन्त्रीको पदमा लडेर सम्मानजनक मत ल्याएर कांग्रेसले भविष्यमा कांग्रेसको नेतृत्व गर्ने संकेत देखाई सकेका छन भने एकै चोटी पदाधीकारी कै हैसियतको प्रवक्ता जिम्मेवारी दिएर शर्मालाई पनि सोतर्फ अगाडी बढाइएको छ । नेपाली कांग्रेसका परिवर्तनगामी कार्यकर्ता यी दुवै युवा नेताको सहकार्यबाटै कांग्रेसले नयाँ दिशा दिनेमा भने ढुक्क देखिन्छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "यसरी भए विश्वप्रकाश कांग्रेसको प्रवक्ता (समाचार टिप्पणी)"

Leave a comment