म सक्षम भएरै प्रधानन्यायाधीश बनेको हुँ, सडकमा प्रमाण देखाउँन आवश्यक छैन -गाेपाल पराजुली

आफुले पेश गर्ने ठाउँमा प्रमाण पेश गरि सकेको र अब सडकमा प्रमाण देखाउँदै हिड्न आवश्यक नरहेको पराजुलीको भनाई छ ।

पुस, २८, काठमाडाैँ । प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीले आफ्नो नागरीकता र शैक्षिक योग्यताको प्रमाण पत्रको बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको बताएका छन । आज रुकुम पूर्वको जिल्ला अदालत उद्घाटन गर्दै पराजुलीले  अहिले सडकमा कोहि कराउँदैमा केहि नहुने बताए ।

आफु सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायधिश बनेको उनको भनाई छ । अनसनरत डा. गोविन्द केसीलाई प्रक्राउ गर्ने आदेश दिएपछि उनको नागरीकता र शैक्षिक योग्यताको प्रमाण पत्रको बारेमा आलोचन हुँदै आएका छन् । आफुले पेश गर्ने ठाउँमा प्रमाण पेश गरि सकेको र अब सडकमा प्रमाण देखाउँदै हिड्न आवश्यक नरहेको उनको भनाई छ ।

“मैले मेरा सबै प्रमाण पत्रहरु संसदीय सुनाई समितिमा पेश गरि सकेको छु, प्रधानयायधिश पराजुलीले भने, कोहि व्यक्ति कराउँदैमा अन्य कुनै ठाउँ या व्यक्तिलाई देखाउन आवश्यक छैन् ।”विभिन्न बहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केहि शक्तिहरुले लागेकाले त्यो सम्भवन नहुने उनको धारणा छ ।

‘हिजो पनि न्यायालय न्यायमर्ती थियो’ उनले भने, ‘आज र भोली पनि न्यायमुर्ती रहन्छ ।’ यसमा कुनै शंका नगर्न उनले सबैलाई अपिल गरे । न्यायलय राजनैतिक तथा अन्य कुनै शक्तिवाट परिचालित नभएको भन्दै सधै न्यायको पक्षमा अदालत रहेको बताए । न्यायकर्मीहरु जनताको भावना, न्यायको मुल्य, मान्यता, पद्धती र प्रणालीबाट चल्ने गरेको पवराजुलीकाे भनार्इ छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "म सक्षम भएरै प्रधानन्यायाधीश बनेको हुँ, सडकमा प्रमाण देखाउँन आवश्यक छैन -गाेपाल पराजुली"

Leave a comment