बिना ड्राइभर चल्ने चमत्कारी कार, मानिसकाे दिमाग पढेर आफै चल्नेछ

अहिलेसम्म विश्वमा बिना ड्राइभरवाला (ड्राइभरलेस) कारको बारेमा चर्चा मात्र भइरहेको थियो । तर छिट्टै नै यस्तै प्रविधि भएको कार सडकमा आउने भएको छ । जहाँ स्टेयरीङ्गलाई हात लगाए बिना नै केबल ड्राइभरको दिमागको सोचाइको भरमा नै कार चलेर तपाईलाई गन्तव्यमा पुर्याउनेछ ।

छिट्टै नै जापानको एउटा कार कम्पनीले कार ड्राइभरको दुनियाँमा हालसम्मकै सबैभन्दा अनौठो प्रविधि लिएर विश्वसामु आइरहेको छ । सबैलाई थाहा भएकै कुरा हो कि जापान अनौठो र सबैलाई छक्क पार्ने नयाँ नयाँ प्रविधि तयार गर्नमा सबैभन्दा अगाडि रहेको छ ।

जापानको अटोमोबाइल कम्पनी ‘निसान’ ले यस्तो अनौठो प्रविधिको आविष्कार गरेको हो । यो कम्पनी उक्त प्रविधिमा काम गरिरहेको छ । अरु कम्पनी र अन्य देशले यस्तो प्रविधिमा काम गरिरहेको भने पनि हालसम्म आविष्कार गर्न भने सकिरहेका छैनन ।

यो भन्दा पहिले अमेरिका र हाइक्लास कारका लागि परिचित देश जर्मनी बर्षाैदेखि ड्राइभरलेस कारलाई सडकमा ल्याउनका लागि काम गरिरहेको छ । तर अहिलेसम्म पनि यसमा सफल हुन सकिरहेको छैन । किनकि सफल परीक्षणमा ती सबै देशहरु फेल हुने गरेका छन् । तर जापानको ‘निसान’ कम्पनीले यसलाई साँचो बनाइदिएर व्यवहारमा नै लागु गर्ने भएको छ ।

यस अनौठो प्रविधिलाई ‘ब्रेन टू व्हीकल’ (बी२वी) नाम दिइएको छ । यस प्रविधिका साथमा आउने कार यति स्मार्ट हुनेछ कि स्टेयरिङ्ग बिना केबल कार चलाउने मानिसको दिमागलाई पढेर कार सडकमा दौडिनेछ ।

मिडिया रिपोर्टका अनुसार केही दिनमा अमेरिकाको लस बेगासमा हुने इन्टरनेशनल कन्ज्यूमर शो मा कम्पनीले उक्त कार प्रदर्शन गर्ने भएको छ । कम्पनीका कार्यकारी उपाध्यक्षले बी२वी प्रविधि दुनियाँमा पहिलो प्रविधि भएको र यसले दिमागको संकेतलाई रियल टाइम पहिचान गरेर चल्ने बताएका छन् ।

यस प्रविधिको माध्यमबाट ड्राइभिङ सीटमाथि बसेको मानिसले माइक्रोसेन्सरबाट एउटा सानो क्यापलाई टाउकोमा लगाउनेछ । यो क्यापले हरेक सेकेन्ड उसको दिमागलाई पढेर उसको दिमागको इशारामा नै चल्नेछ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बिना ड्राइभर चल्ने चमत्कारी कार, मानिसकाे दिमाग पढेर आफै चल्नेछ"

Leave a comment