चमेलियाको १५ मेगाबाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडियो

पुस २८, काठमाडाैँ । दार्चुलाको चमेलिया जलविद्युत आयोजनाले आजबाट १५ मेगावाट विद्युत राष्ट्रिय प्रशारणमा जोडेको छ । ३० मेगावाट क्षमताको यो आयोजनाको एक युनिट अर्थात १५ मेगावाट विजुली नेपाल विद्युत प्राधिकरणको राष्टिय प्रशारण लाईनमा जोडिएको आयोजना प्रमुख अजय कुमार दहालले जानकारी दिए ।

आज दिउँसो ३ः३५ बजे ग्रिडमा सिंक्राेनाईज गरेका छौं । आयोजना प्रमुख दहालले भने । आयोजनाले २३ नोभेम्बरबाट १३२ केभि प्रशारण लाईन चार्ज गरेको थियो भने जनवरी १४ देखि १७ सम्म लोड रिजेक्सन टेस्ट गर्ने प्रमुख दहालले जानकारी दिए । आयोजनाले पिक आवरमा चाँडै नै राष्ट्रिय प्रसारणलाई विद्युत दिने तयारी समेत गरेको छ । तालिका अनुसार जनवरी १८ देखि पिक आवरमा प्रसारणलाईनमा विद्युत दिइने तोकिएको भएपनि आयोजनाले जनवरी १४ बाटै पिक आवरमा विद्युत उपलब्ध गराउने आयोजना प्रमुख दहालले बताए ।

आयोजना निर्माण सम्पन्न गर्ने निध्रारित लक्ष्य भन्दा साढे दुई सय गुणा बढी समय लागेको छ । आयोजना निर्माणमा भएको ढिलाइले समय सँगै लागत समेत बढेको छ । ८ अर्ब ३४ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिएको उक्त आयोजना सम्पन्न हुँदा सम्म करिब १६ अर्ब लाग्ने अनुमान गरिएको छ । आयोजना निर्माणमा ढिलाइ हुदा सरकारले करिब १६ अर्ब गुमाउन पुगेको छ ।

यो आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी) ले निर्माण गरिरहेको छ । विद्युत् प्राधिकरणको ढिला सुस्तीका कारण चमेलियाको बिजुली यहाँका स्थानीयले तत्काल उपभोग गर्न नपाउने भएका छन् । प्राधिकरणले स्थानीयस्तरमा विद्युत् प्रसारण लाइन र सबस्टेसन समयमै निर्माण नगरेकाले जिल्लामै उत्पादन भएको बिजुली बाल्नबाट जिल्लाबासी नै बञ्चित भएका हुन् ।

दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीबाट उत्पादन भएको विद्युतको पहिलो अधिकार भए पनि संरचना निर्माण नहुँदा तत्काल स्थानीयले बिजुली उपभोग गर्न पाउने अवस्था छैन । महाकाली नगरपालिका ७ थालीगाडमा चमेलियाको विद्युत् दार्चुलाका विभिन्न ठाउँमा वितरण गर्नका लागि सबस्टेसन निर्माण हुँदैछ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "चमेलियाको १५ मेगाबाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडियो"

Leave a comment