हेटौँडामा राष्ट्रिय कुस्ती शुरु

हेटौँडा, २७ पुस (रासस) . राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत हेटौँडामा आजदेखि राष्ट्रिय कुस्ती शुरु भएको छ ।  प्रतियोगितामा महिला र पुरुष गरी ७८ जना सहभागी भएको जिल्ला खेलकुद विकास समिति मकवानपुरले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ ५६ तथा महिलातर्फ २२ जना रहेको नेपाल कुस्ती संघका महासचिव विद्यासागर पोखरेलले बताए ।

प्रतियोगितामा पुरुषतर्फ ५७ केजीदेखि १२५ केजीसम्मको उमेर समूह तथा महिलातर्फ ४५ केजीदेखि ७५ केजीसम्मका उमेर समूहको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "हेटौँडामा राष्ट्रिय कुस्ती शुरु"

Leave a comment