पौडिएर अफिस जान्छन् यि व्यक्ति, कारण जानेर छक्क पर्नुहुनेछ तपाई

धेरैजसो मानिसहरु बस, कार, बाइक, ट्रेन जस्ता सवारी साधनको प्रयोग गरेर अफिस जाने गर्दछन् । तर एकजना व्यक्तिले अफिस जानका लागि एउटा अनौठो उपाय अपनाएका छन् । ती व्यक्ति कुनै सवारी साधनको प्रयोग नगरी नदीमा पौडिएर दैनिक अफिस जाने गर्दछन् । उनलाई यसरी अफिस जान रमाइलो लाग्छ रे । साथै यसका पछाडि एउटा रहस्यमय कारण पनि रहेको छ ।

यस्तो अनौठो मामला जर्मनीमा देखिएको हो । जर्मनीको म्यूनिखमा बस्दै आएका बेन्जामिन नामक व्यक्ति ट्राफिक जामबाट चिन्तित भएका थिए । अत्याधिक मात्रामा हुने  ट्राफिक जामकै कारण उनी प्रायः सधै ढिला अफिस पुग्ने गर्दथे । यही समस्याबाट ग्रसित भएर उनी हाल इसार नदीमा पौडिएर अफिस जाने गरेका छन् । यि व्यक्तिले ट्राफिक जामको समस्याबाट बच्नका लागि यस्तो उत्कृष्ट उपाय निकालेका हुन् ।

बेन्जामिन हरेक दिन आफ्नो कपडा, जुत्ता र ल्यापटप एउटा वाटरप्रुफ ब्यागमा हालेर शहरको बीचबाट बग्ने नदीमा पौडिने गर्दछन् । उनका अनुसार यसबाट उनी आराम महसुस गर्दछन् र ट्राफिक जाममा घण्टौँसम्म बसेर बोर हुनबाट पनि बच्ने गर्दछन् । यसबाछ एक्सरसाइज पनि हुने र ट्राफिक जामबाट पनि बचिने हुनाले आफूले यस्तो उपाय अपनाएको बताएका छन् ।

करिब २ किलोमिटरसम्म पौडिएर उनी सडकको तुलनामा छिट्टै अफिस पुग्ने गर्दछन् । यद्यपी केही मानिसहरु भने उनको यो तरिकाबाट हास्ने गर्दछन् । तर बेन्जामिन यस कुरालाई लिएर कहिल्यै पनि रिसाउदैनन् । उनी भन्छन्, जसले जे भनेपनि मलाई केही फरक पर्दैन । किनकि मलाई यसरी नै अफिस जान मन पर्छ र म समयमै अफिस पनि पुग्छु ।

बेन्जामिन स्वीमिङ ट्र्ंक्स वा लामो वेटसुट लगाएर पौडिने गर्दछन् । जुन मौसममा निर्भर हुने गर्दछ । यसका अलावा उनी नदीमा रहेका काँचबाट बच्नका लागि रबरको जुत्ता पनि लगाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "पौडिएर अफिस जान्छन् यि व्यक्ति, कारण जानेर छक्क पर्नुहुनेछ तपाई"

Leave a comment