चिसोले गर्दा नायग्रा फल्स जमेपछि (फोटोपिचर)

चिसोका कारण जहाँ आम मानिसहरुको जीवनशैलीमा नराम्रो प्रभाव परिरहेको छ भने उता विश्वको सबैभन्दा लोकप्रिय मानिएको झरना नायग्रा को हालत योभन्दा पनि खराब भएको छ ।

त्यहाँ कत्तिको चिसो छ भन्ने अन्दाज यहाँबाट पनि लगाउन सकिन्छ कि करिब १ किलोमिटरको गतिमा बहनेवाला अमेरिका र क्यानडाको सीमामा अवस्थित नायग्रा फल्स हालका दिनमा पुरै जमेको छ । केही थोरै हिस्सा मात्र जम्न बाँकी रहेको छ भने अरु सबै हिस्सा जमेर बरफ भएको छ ।

सधैभरी पानी बहेको देखिने यस झरनामा आज चारैतिर बरफ मात्र देखिएको छ । मिडिया रिपोर्टका अनुसार सन् १८४८ मा नायग्रा फल्स यसैगरी पूर्ण रुपमा जमेको थियो । हाल त्यहाँको तापक्रम –२३ डिग्री सेल्सियस रहेको छ ।

अमेरिकामा केबल नायग्रा फल्समा मात्र नभई अन्य केही ठाउँहरुमा पनि भारी मात्रामा हिउँ परिरहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "चिसोले गर्दा नायग्रा फल्स जमेपछि (फोटोपिचर)"

Leave a comment