गर्लफ्रेण्डले दिएको गिफ्ट ४७ बर्षसम्म खोलेनन् यि व्यक्तिले, यस्तो रहेछ रहस्य

के तपाई पत्याउनुहुन्छ, एक व्यक्तिले आफ्नी भूतपूर्व प्रेमिकाले दिएको उपहार ४७ बर्षसम्म सम्हालेर राखेका छन् । यसको सबैभन्दा खास कुरा त उनले त्यो सम्हालेर राखेको मात्र कहाँ हो र? आफ्नी एक्स गर्लफ्रेण्डले दिएको गिफ्ट आजसम्म खोलेर हेरेका पनि छैनन् ।

रिलेसनसीपमा यो कुरालाई एकदमै अनौठो मानिन्छ । सबैलाई थाहा नै छ कि जोडीहरुले एक अर्कालाई उपहार दिने त गर्छन् नै । तर आफ्नो पार्टनरले दिएको उपहार यत्रो बर्षसम्म पनि नखोली सम्हालेर राख्नु भनेको कति को सम्भव छ? तर यि महापुरुषले यस्तो गरेर नै देखाएका छन् ।

क्यानडाको टोरन्टोमा बस्ने एड्रिअन पिअर्स नामका व्यक्तिले आफ्नी एक्स गर्लफ्रेण्डले दिएको गिफ्टको प्याकेट ४७ वर्षसम्म पनि खोलेका छैनन् ।

एड्रिअन १७ वर्षको छँदा उनकी गर्लफ्रेण्ड विक्कीले उनीसँग ब्रेकअप गरेकी थिइन् । ब्रेकअपको बेला विक्कीले एड्रिअनलाई एक उपहार दिएकी थिइन् । जसलाई एड्रिअनले अहिलेसम्म पनि खोलेका छैनन् । उक्त गिफ्टलाई उनले जस्ताको तस्तै सम्हालेर राखेका छन् ।

विछोडका बेला दिएको उपहारलाई भारी मन बनाएर घरमा ल्याएका एड्रिअनले अहिलेसम्म पनि उक्त गिफ्ट खोल्ने हिम्मत समेत गरेका छैनन् ।

खासमा एड्रिअनले उक्त गिफ्टलाई घरमा रहेको क्रिसमस ट्री को मुनी राखेका छन् र आफ्ना परिवारका सदस्यलाई पनि उक्त गिफ्ट नखोल्न र आफूले पनि खोल्न नचाहेको बताएका छन् । एड्रिअन आजसम्म पनि उक्त गिफ्ट नखोल्ने निर्णयमा कायम नै रहेका छन् र ४७ बर्ष पहिले पाएको उक्त गिफ्ट खोलेर हेरेका छैनन ।

आज पनि एड्रिअन कहिलेकाहीँ उक्त गिफ्ट उचालेर हेर्ने गरेका छन् तर त्यसलाई खोल्ने बारेमा कहिल्यै पनि सोचेनन् । एड्रिअनले बे्रकअपपछि आफ्नी एक्स गर्लफ्रेण्डलाई खोज्ने प्रयास पनि गरे तर उनी कहिल्यै पनि भेटिइनन् ।

यतिका बर्षसम्म पनि उक्त गिफ्ट नखोल्नुमा एड्रिअन भन्छन्, मलाई लाग्छ कि एक दिन उनी अवश्य पनि भेटिइने छिन् । र हामी सँगै मिलेर उक्त गिफ्ट खोल्नेछौँ । उनी आजसम्म पनि आफ्नी एक्स गर्लफ्रेण्डलाई सम्झिएर उनको प्रतिक्षामा बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "गर्लफ्रेण्डले दिएको गिफ्ट ४७ बर्षसम्म खोलेनन् यि व्यक्तिले, यस्तो रहेछ रहस्य"

Leave a comment