चीनमा भेटियो बरफको विशाल चक्र, यस्तो छ बर्षाैदेखिको रहस्य

मानिसहरु चिसो मौसममा आफ्नो कोठामा नै तातोमा बस्न रुचाउने गर्दछन् । यस्तोमा चीनमा यस्तो माहोल बनेको छ, जसलाई देखेर सारा दुनिया हैरान छ । अहिले चीनमा मानिसहरु एक रहस्यलाई लिएर त्यसलाई खोतल्नका लागि जुटिरहेका छन् ।

दुनियाँका कैयौँ प्राचीन रहस्य रहेका छन् । जसका बारेमा वैज्ञानिकहरुले पनि अहिलेसम्म पत्ता लगाउन सकेका छैनन । तीमध्येको एउटा रहस्य चीनको लियाओनिंग प्रान्त भएर बग्ने लियाओ नदीमा फेला परेको छ । यसलाई हेर्नका लागि मानिसहरु त्यहाँ जुटिरहेका छन् ।

उक्त रहस्यमय चिज देख्नका लागि दैनिक रुपमा नै सयौँको संख्यामा पर्यटक आउन थालेका छन् ।

खासमा यहाँ नदीमा बनेको बरफको गोलाकार चक्रको रहस्य जान्नका लागि मानिसहरु जुटिरहेका हुन् । यो बरफको चक्र पानीमाथि आफै घुमिरहेको छ । काफु काउंटीस्थित यो चक्रमा उभिएर रमाउन र फोटो खिच्नका लागि मानिसहरु झुम्मिरहेका छन् ।

तर आजसम्म पनि यसको रहस्य पत्ता लगाउन सकिएको छैन । चिनियाँ वैज्ञानिकहरु पनि यो रहस्य पत्ता लगाउन लागिपरेका छन् । कतिपय मानिसले चाहिँ यो बरफको चक्रको रहस्यको पर्दा उठेमा ठूलो प्रलय आउन सक्ने अफवाह पनि फैलाइरहेका छन् ।

खासमा यसलाई प्रकृतिसँग जोडिएर हेरिएको छ । प्रकृतिप्रेमी मानिसहरु प्राकृतिक चीजहरुको नष्ट होस् भन्ने चाहदैनन । तर आजकल यस्ता थुप्रै खोजहरु भइरहेका छन्, जसले देखाएको छ कि प्रकृति चरम अवस्थामा पुगेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "चीनमा भेटियो बरफको विशाल चक्र, यस्तो छ बर्षाैदेखिको रहस्य"

Leave a comment