यसकारण सर्याे प्रदीप र प्रियंकाको ‘लिलिबिली’

नायक प्रदीप खड्का र नायिका प्रियंका कार्की स्टारर फिल्म ‘लिलिबिली’ को प्रदर्शन मितिमा हेरफेर भइरहेको छ । हालसालै फिल्मको छायांकन सकिएका कारण पोस्टप्रोडक्शन कार्य लम्बिने भएपछि ‘लिलिबिली’ चैत ३० गते प्रदर्शनमा नआउने भएको हो । अब यो फिल्म बैशाख १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ ।

‘लिलिबिली’ चैत ३० बाट हट्नुको कारण बलीउड स्टार अक्षय कुमार र साउथ सुपरस्टार रजनीकान्त अभिनीत फिल्म ‘२.०’ लाई मानिएको छ । यसअघि बैशाख १४ मा आउने भनिएको ‘२.०’ बैशाख १ अर्थात् अप्रिल १४ मा आउने भएपछि ‘लिलिबिली’ को रिलिज पोस्टपोन्ड गरिएको बताइएको छ ।

रजनीकै फिल्म आउने भएपछि निर्मात्री केकी अधिकारीको नयाँ फिल्म ‘कोहलपुर एक्सप्रेस’ पनि चैत्र २३ मा प्रदर्शन हुने चर्चा चलेको थियो ।

मिलन चाम्स निर्देशित ‘लिलिबिली’ मा प्रदीप खड्का, प्रियंका कार्की, जसिता गुरुङ, अनुपविक्रम शाही लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको पनि लगानी रहेको छ । यो फिल्मको छायांकन लन्डन, स्कटल्याण्ड, टर्कीको स्थानबुल र नेपालमा गरिएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "यसकारण सर्याे प्रदीप र प्रियंकाको ‘लिलिबिली’"

Leave a comment