दुःखी पुरूष, दुईटा विवाह गर्न बाध्य, इन्कार गरे यस्ताे सजाय भोग्नुपर्ने

दुनियाँका हरेक ठाउँहरुमा ऐन, नियम र कानुन आफ्नै खालका हुने गर्दछन् । विश्वको एउटा देशमा यस्तो एउटा कानुन रहेको छ, जहाँ पुरुषहरुलाई दुईवटा विवाह गर्न अनिवार्य गराइएको छ । यसको मतलब कुनै पनि पुरुषले जीवनमा एउटा मात्र विवाह गर्छ भने त्यसलाई कानुनी अपराध मानिन्छ ।

नचाहदा नचाहदै पनि त्यहाँका पुरुषहरुले दुईवटा विवाह गर्नुपर्ने हुन्छ । यति मात्र नभई यस देशको सरकार र कानुनका अनुसार यदि व्यक्तिको पहिलो पत्नीलाई उसको दोस्रो विवाहबाट समस्या छ भने दुबैले जेल जानुपर्ने हुन्छ ।

मिडिया रिपोर्टका अनुसार इरीट्रियामा पुरुषहरुलाई दुईवटा विवाह गर्नका लागि अनिवार्य गरिएको छ । यस देशमा यदि व्यक्तिले पहिलो पत्नी हुदाँहुदै पनि दोस्रो विवाह गर्न इन्कार गर्यो भने उसले जेल जानुपर्ने हुन्छ । त्यस्ता व्यक्तिहरुलाई जन्म कैदको सजाय पनि हुनसक्छ ।

जेल जानबाट बच्नका लागि त्यहाँका बाध्य हरेक पुरुषहरुले दोस्रो विवाह गर्नुपर्ने हुन्छ । यो मात्र एउटा यस्तो देश हो जहाँको कानुनमा नै दुईवटा विवाह अनिवार्य बनाइएको छ ।

खबरका अनुसार यो नियम लागु गर्नका पछाडि इरीट्रिया सरकारको तर्क रहेको छ कि समय समयमा देशमा गृहयुद्ध भइरहने गर्दछ । युद्ध भइरहेको समयमा महिलाहरुले एक्लै बस्नु बढी खतरा हुने गर्दछ । यही कारणले गर्दा नै पुरुषहरुले महिलाको सुरक्षा गर्नका लागि बाध्यताबश दुईवटा विवाह गर्नुपर्ने हुन्छ ।

यो कानुन लागु भएसँगै देशमा पुरुषको संख्या घट्दै गइरहेको छ । जबकि पुरुषहरुको तुलनामा महिलाहरुको संख्या अधिक रहेको छ । यस्तोमा सरकारका अनुसार महिलाहरु एक्लै वा बिना विवाह गरे आफ्नो जीवन बिताउन सक्दैनन । त्यसैले सरकारले यस्तो नियम जारी गरेको हो । यदि पुरुषहरुले दोस्रो विवाह गर्न इन्कार गर्छन् भने उनीहरुले जेल जानुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "दुःखी पुरूष, दुईटा विवाह गर्न बाध्य, इन्कार गरे यस्ताे सजाय भोग्नुपर्ने"

Leave a comment