‘पिंकु मिस’ को जवानीले बबाल बनाएपछि… (भिडियो)

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘राज्जा रानी’ को आइटम गीत सार्वजनिक भएको छ । फिल्म प्रदर्शन अगाडिसम्म रेखाको भूमिका सस्पेन्स राखेको निर्माण पक्षले शुक्रवार नायिका रेखा थापा फिचरिङ ‘पिंकु मिस’ बोेलको आइटम गीत सार्वजनिक गरेको हो ।

गीतमा रेखाको जवानीको चर्चा गरिएको छ । भिडियोमा उनले आकर्षक नृत्य प्रस्तुत गरेकी छिन् । यो फिल्ममा रेखा विशेष भुमिकामा छिन् ।

यम थापाको शब्द, ताराप्रकाश लिम्बुको संगीत रहेको गीतमा सहिमा श्रेष्ठको स्वर रहेको छ । पुरुषोत्तम प्रधानले खिचेको भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ । धेरैपछि रेखाले फिल्ममा आइटम डान्स गरेकी हुन् ।

तराईमा व्याप्त समस्याका रुपमा रहेको दाइजो प्रथाको कथा बोल्ने फिल्म ‘राज्जा रानी’ मा नायिका केकी अधिकारी र नायक नाजिर हुसेनको प्रमुख भूमिका छ । फिल्ममा केकी र नाजिरका अलावा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित तथा यम थापा निर्देशित यो फिल्मलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘पिंकु मिस’ को जवानीले बबाल बनाएपछि… (भिडियो)"

Leave a comment