‘पद्मावती’ को नयाँ प्रदर्शन मिति घोषणाबाट बलीउडमा मच्चियो खलबली

‘पद्मावती’ फिल्मको नाम अब पद्मावती नहुने भएको छ । यो बर्षको सबैभन्दा बढी विवादित फिल्मका रुपमा रहेको ‘पद्मावती’ को नाम परिवर्तन गरेर रिलिज हुनसक्ने संकेत देखिएको छ । फिल्म निर्माणको समयबाट नै विवादित बनेको फिल्म विभिन्न समुदायको विरोध प्रदर्शनपछि रिलिज मिति नै पछि सार्नु परेको थियो ।

दीपिका पादुकोणको बहुप्रतीक्षित फिल्म ‘पद्मावती’ यही जनवरी महिनामा नै रिलिज हुनसक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । फिल्म प्रदर्शन गर्न नदिने भनेर राजपूत समाजको विरोधपछि अन्ततः फिल्म प्रदर्शनमा आउन लागेको बताइएको छ ।

फिल्मका निर्माता सञ्जय लीला भंसालीले आफ्ना सबै वितरकहरुलाई २५ जनवरीमा फिल्म प्रदर्शन भयो भने तपाईहरु यसका लागि तयार हुनुहुन्छ भनेर खबर गरेपछि यो विषयलाई लिएर बलीउडमा खलबली मच्चिएको बताइएको छ ।

‘पद्मावती’ को यस नयाँ रिलिज डेटको खबरले हिन्दी फिल्म क्षेत्रमा रातारात खलबली मच्चिएको हो । अक्षय कुमार पनि आफ्नो फिल्म प्याडम्यानलाई २५ जनवरीमा नै रिलिज गर्ने तयारीमा लागेका छन् ।
फिल्मको नाम पद्मावती परिवर्तन गरेर ‘पद्मावत’ राखिने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘पद्मावती’ को नयाँ प्रदर्शन मिति घोषणाबाट बलीउडमा मच्चियो खलबली"

Leave a comment