छोरा हुर्काउन र पढाउन लागेको खर्च आमालाई तिर्नुपर्ने अदालतको यस्तो आदेश

Woman day dreaming

ताइवानको सर्वाेच्च अदालतले एक व्यक्तिलाई १ मिलियन डलर अर्थात् करिब १० करोड रुपैयाँ बराबर भरपोषण बापतको रकम आफ्नी आमालाई भुक्तान गर्नका लागि आदेश दिएको छ । यसका साथै उसले आफ्नो दन्त चिकित्सक बन्नका लागि आमाल खेपेको सम्पूर्ण रकम पनि फिर्ता गर्नुपर्ने भएको छ ।

ती आमाले सन् १९९७ मा आफ्नो छोरासँग एउटा सम्झौतापत्रमा हस्ताक्षर गराएकी थिईन् । त्यसमा भनिएको थियो कि, छोराले आफ्नो काममा योग्य भएपछि आफ्नो मासिक आयको ६० प्रतिशत रकम आमालाई बुझाउनुपर्नेछ ।
कयौँ बर्षसम्म उसले उक्त रकम भुक्तान गर्न इन्कार गरेपछि आमाले उसलाई अदातलमा लगेर रकम भुक्तानीका लागि अपिल गरेकी हुन् ।

आफ्नो बच्चालाई पालेको र उसँमाथि गरेको खर्च फिर्ता माग्नु अनुचित भएको भन्दै छोराले तर्क गरेको थियो । तर अदालतले उक्त सम्झौतापत्रका आधारमा कानुनी रुपमा निर्णय गरेको थियो । अदालतले उसलाई रकम फिर्ताका साथै आफ्नी आमालाई ब्याज समेत भुक्तान गर्नका लागि आदेश दिएको छ ।

लु उपनामले चिनाइएकी ती आमाले आफ्ना पतिसँगको सम्बन्ध विच्छेदपछि दुई छोराको जिम्मेवारी आफैंले उठाएकी थिईन् । लु का अनुसार उनले दन्त विद्यालयमा आफ्ना दुई छोराका लागि मात्र हजारौँ डलर खर्च गरेकी थिईन् । तर बुढेसकालमा उनीहरुले आफ्नोे हेरविचार नगर्लान् भन्ने कुरामा पनि लु चिन्तित थिईन् ।

त्यसपछि उनले ती दुई छोराका साथमा एउटा सम्झौतापत्रमा हस्ताक्षर गराइन् । जसमा भनिएको थियो कि, उनीहरुले आफ्नो आम्दानीको हिस्सा उनलाई भुक्तान गर्नुपर्नेछ । उनीहरुले प्रतिव्यक्ति जम्मा १७ लाख डलर भुक्तान गर्नुपर्ने शर्त राखिएको थियो ।

जेठो छोराले आफ्नी आमाका साथमा सम्झौता गरेर केही रकम भुक्तानी गरेको स्थानीय सञ्चार माध्यममा उल्लेख गरिएको छ ।  चु नामद्धारा पहिचान गराइएका कान्छो छोराले उक्त सम्झौतामा हस्ताक्षर गर्ने क्रममा आफू धेरै सानो रहेकाले यस सम्झौतालाई अमान्य मान्नुपर्ने भन्दै तर्क गरिरहेका छन् । साथै उनले आफूले स्नातक तह सकाएपछि कयौँ बर्षसम्म आफ्नी आमाको दन्त चिकित्सा क्लिनिकमा काम गरेको र अहिले अदालतले उनलाई तिर्न भनेको रकम भन्दा बढी आफूले आमालाई क्लिनिकमा सहयोग गरेको बताएका छन् । आमा छोरा बीचमा गरिएको सम्झौता वैध भएकाले न्यायाधीसले उक्त निर्णय लिएको अदालतका एक प्रवक्ताले बताए । जुन सम्झौता पत्रमा कुनै दबाब बिना नै हस्ताक्षर गरिएको थियो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "छोरा हुर्काउन र पढाउन लागेको खर्च आमालाई तिर्नुपर्ने अदालतको यस्तो आदेश"

Leave a comment