एमाले–माओवादी पार्टी एकतामा अर्को एउटा नयाँ सर्त !

भक्तपुर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकताका लागि आलो पालो सरकार सञ्चालन गर्ने अभिव्यक्ति दिएको केही समय पछि माओवादी प्रभावशाली नेता अग्नीप्रसाद सापकोटाले बाहिर चर्चामा आए जस्तो आलोपालो प्रथा नभई सरकार र पार्टीको नेतृत्व दुई शीर्ष नेताले स्थायी रुपमै गर्ने बताएका छन् ।

रफत सञ्चार क्लबमा अाइतवार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता सापकोटाले नयाँ बन्ने सरकारको नेतृत्व एमालेले गरे पार्टी नेतृत्व माओवादीले तथा सरकारको नेतृत्व माओवादीले गरे पार्टीको नेतृत्व एमालेले गर्ने बताए ।

नेता सापकोटाले कामचलाउ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताए । जनताले बामगठबन्धनलाई नयाँ सरकार गठनका लागी जनादेश दिइसकेको कारण देउवाले राजीनामा दिनुको विकल्प नरहेको उनको भनाई थियो ।

उनले अहिले भइरहेको भ्रष्टाचारको एकाएक हिसाब चाहिने भन्दै भ्रष्टाचार नियन्त्रणलाई अबको सरकारले पहिलो प्राथमितामा राखेर काम गर्नुपर्नेमा जोड दिए । राष्ट्रपतिले राष्ट्रिय सभा विधेयक पारित गरिसकेको कारण अब निर्वाचन आयोगले फास्ट ट्रयाकबाट भएरपनि तत्काल राष्टिय सभा गठनका लागी निर्वाचन गराउन पहल गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "एमाले–माओवादी पार्टी एकतामा अर्को एउटा नयाँ सर्त !"

Leave a comment