प्रचण्डद्वारा कान्तिपुर यसकारण बहिस्कार !

काठमाडौं । बुधवार बेलुका ९ बजे धेरै दर्शकले कान्तिपुर टिभी खोलेर बसेका थिए । सबैको ध्यान थियो माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले के बोल्छन् । समाचारहरुमा आइरहेका थिए एमाले र माओवादी केन्द्रको सम्बन्ध चिसिँदैछ प्रचण्ड मुख्य प्राथमिकता छोडेर चितवनमा ५ दिनदेखि सामान्य कार्यक्रममा अल्झिरहेका छन् । उनले वीरगञ्जमा बसेर मधेसवादी ठूला नेताहरुसँग पालैपालो भेटमात्र गरेनन् भारतीय दुतावासका काउन्सिलरलाई पनि भेटे । पार्टी अध्यक्ष नपाउने भएपछि प्रचण्डले मधेसवादी दलसहित कांग्रेससँग मिलर सरकार बनाउँदैछन् भन्ने हल्ला पनि उत्तिकै चलेकै थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पहिले नै पाँच वर्ष सरकार चलाउन भनेको भनेर हल्लाहरु बजारमा चलिरहेकै थियो । यस्तो अवस्थामा प्रचण्डको अन्तर्वार्ता सबैको लागि चासोको बिषय थियो । यहि महत्वलार्य बुझेर होला कान्तिपुरमा आएको यो बिज्ञापन हेर्नुस् ।

तर प्रचण्डको ठाउँमा उपेन्द्र यादवलाई देख्दा दर्शकहरु खिन्न भए । नहुनपनि कसरी । सामान्य दर्शलाई त थाहा भएन । तर पत्रपत्रिका पढेर धारणा बनाउन सक्नेले भने विभिन्न अड्कल काट्न थाले । अड्कल काट्नलाई आधारहरु पनि देखिए । दुईटा संचार गृह कान्तिपुर र थाहा संचारबीचको संचार युद्धको घानमा प्रचण्ड परेको अनुमान गर्न थालियो ।

कान्तिपुर दैनिक पत्रिकाले प्रचण्डसँग नजिक मानिएका संचार व्यवसायी अजय सुमार्गीको २२ अर्ब अवैद्य रुपैयाँ निकाल्न लागिएको समाचार छाप्यो । हुनत यो समाचार कान्तिपुरले केही वर्षदेखि उठाउँदै आएको बिषय हो ।
कान्तिपुरमा समाचार आएपछि सुमार्गीले पनि आफूलाई कान्तिपुरका अध्यक्ष कैलास सिरोरियाबाट खतरा रहेको भन्दै जिल्ला प्रशासनमा निवेदन दिए । सायद् सुमार्गीले जिल्ला प्रशासनमा निवेदन दिएको समय र प्रचण्डको अन्तर्वार्ता रेकर्ड हुने समय एउटै थियो ।

आफू निकटका संचारकर्मी ज्यान बचाई पाउँ भन्दै प्रहरीमा जानु आफू भने तिनकै स्टुडियोमा कसरी अन्तर्वार्ता दिने भन्ने नैतिक संकटमा प्रचण्ड परेका हुन सक्छन् । त्यहि भएर आफू बोल्न सक्ने स्थितिमा नरहेको जवाफ कान्तिपुर टिभीलाई दिएर तत्कालका लागि प्रचण्ड उम्किएका हुन सक्छन् ।

कान्तिपुरले सुमार्गी विरुद्ध लेखेको समाचार

थाहा सञ्चारमा प्रकाशित समाचार

http://thahakhabar.com/news/28918

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "प्रचण्डद्वारा कान्तिपुर यसकारण बहिस्कार !"

Leave a comment