‘सिलवालका विषयमा अनुसन्धान भइरहेकाे छ, अहिले केही पनि भन्न मिल्दैन’

काठमाण्डौ । नेपाल प्रहरीले पूर्व डिआइजी नवराज सिलवालका विषयमा अनुसन्धान भइरहेको बताएको छ । आइतबार रिपोर्टस क्लबको एक साक्षात्कार कार्यक्रममा बोल्दै प्रहरी प्रवक्ता मनोज न्यौपानेले अनुसन्धान भइरहेको जानकारी दिँदै अहिले केही पनि भन्न नमिल्ने बताए । न्यौपानेले भने, “नवराज सिलवालबारे अनुसन्धान भइरहेको छ । म अपडेट छैन । अपडेट भएर जवाफ दिन्छु ।”

प्रवक्ता न्यौपानेले आफूहरुले सरकारले तोके बमोजिमकै म्यादी प्रहरीको तलब र अन्य सेवासुविधा निकासा गरेको बताए। एउटै जिल्लामा पनि ठाउँअनुसार सेवा सुविधामा केही फरक रहेकोले म्यादी प्रहरीले त्यसलाई गलत ढंगले बुझेको उनको भनाई थियाे ।

प्रवक्ता न्यौपानेले सरकारले म्यादी प्रहरीलाई तोकेको सबै सुविधा बैंकमार्फत भुक्तानी गरिसकेको समेत जानकारी दिए । म्यादी प्रहरीले पाउने तलब र सेवा सुविधालाई लिएर भएको झडपमा कालीकोटमा प्रहरीको गोली लागेर एक जना म्यादी प्रहरीको ज्यान गएको थिया भने केहि जिल्लामा म्यादी प्रहरीले बिरोध समेत जनाएका थिए ।

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘सिलवालका विषयमा अनुसन्धान भइरहेकाे छ, अहिले केही पनि भन्न मिल्दैन’"

Leave a comment