एमाले माअाेवादी आलोपालो प्रधानमन्त्री सिद्धान्ततः भएकै हाे- दाहाल (भिडियाे)

भरतपुर। पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र अाफ्रनाे पार्टी बारे समझदारी धेरै भएकाे बताउँदै अालाेपालाे प्रधानमन्त्रीका बारेमा  प्रधानमन्त्री सिद्धान्ततः छलफल भएकाे बताएका छन् । शुक्रबार दिउँसाे गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले भने, “एकताका लागि हामीलाई कुनै समस्या छैन। हाम्रा केही समझदारी छन्। हामी समझदारीका साथ अघि बढ्छौं।” उनले पार्टी एकताकाे प्रक्रिया पनि अघि बढेकाे र छिट्टै पार्टी एकता संयाेजन समितिकाे बैठक बस्ने जानकारी दिए ।

अर्काे एक प्रसंगमा  अध्यक्ष दाहालले भने, “बिहान प्रधानमन्त्रीले पाँच दलकाे बैठक बाेलाउनु भयाे। राष्ट्रिय सभा र नयाँ सरकार गठनबारे कुराकानी भयाे, ठाेस निष्कर्ष निस्किसकेकाे छैन। ” उनले राष्ट्रिय सभा विधेयकबारे बाम गठबन्धनकाे साझा धारणा बनाएर अघि बढ्ने बताए । संविधानमा राष्ट्रिय सभा बहुमतीय कि एकल संक्रमणीय भन्ने बारेमा केही कुरा उल्लेख छैन। विगतमा एकल संक्रमणीय प्रणालीकाे अभ्यास थियाे। अहिले संविधानमा केही उल्लेख नभएकाले केही अन्यौल देखिएकाे छ। हामी बाम गठबन्धनभित्र छलफल गरेर साझा धारणा बनाउँछौ र निकास खाेज्छौं।”

अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले निर्वाचन सफल भएकाेमा बधाई दिनुभएकाे र नेपालकाे राजनीतिमा दलहरु स्वतन्त्र र सार्वभाैम रहेकाे पनि स्पष्ट गरे।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "एमाले माअाेवादी आलोपालो प्रधानमन्त्री सिद्धान्ततः भएकै हाे- दाहाल (भिडियाे)"

Leave a comment