निष्कर्षविहीन बालुवाटार बैठक: नेताहरूबीच विधेयक मै कुरा मिलेन

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाेलाएका पाँच दलकाे बैठक निष्कर्षविहीन सकिएकाे छ । बैठकमा कांग्रेसद्वारा राष्ट्रिय सभा विधेयक पास गर्न सहयाेग गर्न अन्य दललार्इ अाग्रह भएकाे थियाे । तर एमाले-माअाेवादीद्वारा विधेयक फिर्ता लिएर सहमति जुटाउन सरकारलाई अाग्रह गरेका थिए । दुवै पक्षकाे अा-अाफ्नाे अडान पछि छलफललाई जारी राख्ने भन्दै बैठक सकिएकाे थियाे ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा अाेली, माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधव नेपाल,सुवास नेम्वाङ, बिमलेन्द्र निधि, कृष्ण सिटौला, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा “बादल”, उपेन्द्र यादव, महन्त ठाकुर सहभागी थिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "निष्कर्षविहीन बालुवाटार बैठक: नेताहरूबीच विधेयक मै कुरा मिलेन"

Leave a comment