‘जे हुने हो, हुनै दिइँदैन र हुनै सक्दैन, त्यो चै हुन बाँकी छ’, प्रा.डा. सुरेन्द्र के.सी.

पछिल्लो राजनीतिक अवस्था

नेपालको राजनीतिको विगतको अभ्यासलाई हेर्ने हो भने निर्वाचन पछिको राजनीतिक समिकरणको अवस्थालाई भर गर्नु पर्ने आशावादी हुनु पर्ने र गौरव गाथा गाउने अवस्था छैन । तर नेताहरुले विगतको क्रमभंग गरेर अहिलेसम्मका गलत अभ्यास र अविश्वसनियतामा परिर्वतन ल्याएर छलाङ हान्न खोजेको हो भने नेपालको राजनीतिमा एउटा नयाँ अध्यायको सुरु भयो र यो राम्रै भयो भन्ने अवस्था हो ।

सत्तामा आलोपालो

आलोपालो विधि सत्ता लिप्साबाट उत्पन्न भएको दुष्प्रवृति हो । तर अब शक्ति सन्तुलनका दृष्टीले आलोपालो नगर्ने हो भने शक्ति व्यवस्थापन हुनै सक्दैन । यो गठबन्धन भनेको मुखले जे भने पनि व्यवहारमा चै कसरी शक्ति प्राप्त गने र आफु चै कसरी शक्तिमा व्यवस्थित हुने तथा आफ्ना नजिकका मान्छेलाई कसरी व्यवस्थापन गर्ने भन्ने नै मुख्य ध्येय हो । राजनीतिनै त्यो स्वार्थबाट केन्द्रित हुन्छ भने जसले जे गरे पनि त्यो अनौठो के भयो र ? अहिल्यै हेर्याैं भने पनि यो गठबन्धनमा आवद्ध एउटा महत्वपूर्ण घटक अहिले पनि सरकारमा टाँसिई रहेका छन् । उनीहरु नै प्रधानमन्त्रीले राजिनामा गर्न पर्छ भन्दै हिँडेका छन् । यो एउटा अनैतिक र अपवित्र राजनीतिक खेल हो । यहाँ कयाैं कुरा गैह्र राजनीतिक, गैह प्रजातान्त्रिक चरित्रका छन् । यो सबै सहि होईनन् तर नेपालमा चै ठीकै हुन्छ सहि हुन्छ भन्ने र भन्दीए केही फरक पर्दैन ।

जनप्रतिनिधिबाट आशा

समाजवादी गठबन्धनसंग पनि भित्र भित्रै गठबन्धनका कुरा भएको भन्ने कुराहरु बाहिर आएका छन् । आफुसंग केही भएन भनेर कांग्रेसले पाँच वर्षका लागि दाहाललाई प्रधानमन्त्री बन्न अफर गरेका कुरा छन् । यो कसरी प्रजातान्त्रिक वा लोकतान्त्रिक विधि हुनसक्छ ? दोस्रो ठूलो दलले तेस्रो दललाई पाँच वर्षका लागि सत्ताको ग्यारेण्टी गर्ने जस्ता प्रवृतिहरु र पहिलेका यी नेताहरुको विगत हेर्दा खासै आशावादी हुनुपर्छ जस्तो मलाई लाग्दैन ।

एमाले माओवादी पार्टी एकता

एमाले माओवादी एकताका सात ओटा चरणहरु छन् पहिलो निर्वाचनका लागि उम्मेदवार चयन, दोस्रो जनमतको अन्तिम नतिजा, तेस्रो संसदीय दलको नेता को बन्ने, चौथो पार्टीको अध्यक्ष को बन्ने भन्ने हो, पाँचौ भनेको मन्त्रीपदको बाँडफाँड होर बल्ल पार्टी एकताको चरणमा कोठा भित्र छलफल सुरु हुन्छ । अब त्यो कुर्सीमा को बस्ने भन्ने कुरा छन र अब रणनीतिका कुरा आउँछ । कम्यूनिष्ट भन्छन व्यबहार कस्तो हुने हो त्यहाँबाट मात्रै पार्टी एकताको निर्क्याैल हुन्छ । वातावरण नकारात्मक छ भन्न मिल्दैन सबै राम्रै छ एकीकरण हुने आधार नै देखिएका छन् यो अचम्म नै हो । तर जे हुने हो हुनै दिँईदैन र हुनै सक्दैन त्यो चै हुन बाँकी छ ।

जनमतको सन्देश

नेपालको मतीय रुझान एकताबद्ध हुँदा त वाममार्गी नै हो । विगतको मत हेर्ने हो भने पनि त्यस्तै तथ्यङ्क पाउन सकिन्छ । पहिलो संविधान सभामा ६२, दोस्रो संविधानसभामा ५४ र अहिले पनि ६० प्रतिशत हाराहारी वाम मत रहेको पाईन्छ । वामहरु वा आफुलाई कम्युनिष्ट बताउनेहरु एक ठाउँमा बसेको हामीलाई राम्रो लाग्दछ भन्ने खालको आशय जनताले गरेको भन्ने बुझ्न सकिन्छ । तर जनता जनार्दन होईनन् उनका कुरा टेर्नु पर्छ भन्ने नेता होइनन् हाम्रा ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘जे हुने हो, हुनै दिइँदैन र हुनै सक्दैन, त्यो चै हुन बाँकी छ’, प्रा.डा. सुरेन्द्र के.सी."

Leave a comment