वाम गठबन्धन स्पष्ट दुर्इ तिहार्इ उन्मुख

मंसिर २५, काठमाडाैँ ।  प्रतिनिधिसभा प्रत्यक्षतर्फको १६५ सिटमध्ये हालसम्म १४३ सिटको नतिजा सार्वजनिक भएको छ । पछिल्लो नतिजा र जारी गणनामा वाम अग्रतालाई हेर्दा गठबन्धन स्पष्ट दुई तिहाई बहुमततर्फ उन्मुख देखिन्छ ।

नेकपा एमाले एक्लै ७४ सिटकासाथ पहिलो स्थानमा रहँदा माओवादी ३१ सिट जितेको छ । एमालेले ७ र ५ ठाउँमा माओवादीले अग्रता लिइरहेको छ ।

पछिल्लो अग्रतामा जित निकाल्दा एमालेको ८१ प्रत्यक्ष सिट र माओवादीको ३६ जित हुन्छ । प्रत्यक्षतर्फ दुई तिहाइ ल्याउन वामपन्थीले ११० सिट जित्नु पर्ने हुन्छ । तर पछिल्लो जित र अग्रताको योगफल ११७ सिट हुन्छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "वाम गठबन्धन स्पष्ट दुर्इ तिहार्इ उन्मुख"

Leave a comment