डिजेट पेट्राेलबाट नभई कफीबाट चल्छ यहाँ बस

हामीले देख्दै र चढ्दै आएका बसहरु डिजेल पेट्राेलबाट चल्दै आइरहेका छन् । तपाईहरुलाई पत्यार नलाग्न सक्छ तर लन्डनको सडकमा पेटेलबाट नभई कफीबाट बस चलिरहेका छन् ।

व्रिटेनको प्राविधिक कम्पनी बायो बीनले यस्तो प्रविधिको विकास गरेको हो । यसले कफीको फोहोरबाट यस्तो तेल बनाएको छ कि जसले पेट्राेलको विकल्पको काम गर्दछ । यसलाई बसमा इन्धनको रुपमा प्रयोग गर्न सकिन्छ । कफीबाट तयार गरिएको यो तेल ज्वलनशील रहेको छ ।

यसलाई डिजेलसँग मिलाएर एक प्रभावशाली इन्धनमा परिवर्तित गरिएको छ । उक्त वैकल्पिक इन्धनबाट लन्डनको सडकमा बस कुदाउने गरिएको छ । बायो बीन कम्पनीका अनुसार उसँग एउटा बसलाई बर्षभरी चलाउनका लागि पर्याप्त इन्धन रहेको छ ।

यसलाई खाना पकाउने तेल र मीट फ्याटजस्ता सामग्रीबाट पनि बैकल्पिक इन्धनका रुपमा बनाउने गरिएको छ । कफीको फोहोरबाट यसै गरी तेल निकालेर जैव इन्धनको अन्वेषण गरिने बताइएको छ ।

यस्तो खालको इन्धनबाट पनि सामान्य इन्धनबाट चल्ने बस जस्तै चलाउन सकिन्छ । त्यसमा कुनै पनि प्रकारको परिवर्तनको आवश्यकता पर्दैन ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "डिजेट पेट्राेलबाट नभई कफीबाट चल्छ यहाँ बस"

Leave a comment