कृषि बिकास बैंक न्यूरोड शाखाका का.मु. मुख्य शाखा प्रवन्धक सहित तीन पक्राउ

४ करोड ९१ लाख हिनामिनाको आरोप

 काठमाडाैँ, मंसिर २५ । कृषि बिकास बैंक(ADBL) को मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ भएको देखाई करीव ४ करोड ९१ लाख हिनामिना गर्ने कार्यमा संलग्न गरेको भन्दै प्रहरीले सोही शाखका तीन कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कृषि विकास बैंक मुख्य शाखा, न्यूरोडका का.मु. मुख्य शाखा प्रवन्धक प्रेमहरी ढुङगेल, सोही शाखाका इसिसि प्रमुख गोपाल गिरी र कर्जा प्रमुख महेश्वर मरहट्टा रहेको प्रहरीले जनाएको छ । बैंकको मौज्दात रकम हिनामिना गर्ने कार्यमा संलग्न प्रतिबादी रेग्मीको बयानको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई मंसिर २४ गते आइतबार पक्राउ गरी सोमबार उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप भई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

एकआपसमा मिलेमतो गरी बैंकलाई हानी नोक्सानी पु९याउने उद्धेश्यका साथ बैंकको मौज्दात रकम करिब ४ करोड ९१ लाख हिनामिना गरेको आरेपमा यसआिघ प्रहरीले काठमाडौंको नागार्जुन नगरपालिका–१ सितापाईला बस्ने ३२ वर्षीय दिपिका रेग्मी, काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने तेह्रथुम सिम्लेका ४२ वर्षीय प्रकाश घतानी र काठमाडौं महानगरपालिका–३२ बस्ने दोलखा भिमेश्वर–६ का ४२ वर्षीय रमेशकुमार थापा लाई पक्राउ गरेको थियो ।

रकम हिनामिना गर्नमा कृषि बिकास बैंक न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दिपिका रेग्मीको मुख्य संलग्नता देखिएको भन्दै नेपाल राष्ट्र बैंकको पत्रपछि ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "कृषि बिकास बैंक न्यूरोड शाखाका का.मु. मुख्य शाखा प्रवन्धक सहित तीन पक्राउ"

Leave a comment