विराट र अनुष्काको विवाह पक्का, इटालीमा हुदैछ भव्य तयारी

भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र बलीउड अभिनेत्री अनुष्का शर्मा अन्ततः विबाह बन्धनमा बाधिने भएका छन् । उनीहरुको विबाह इटलीको टोस्काना इलाकामा रहेको शानदार होटलमा हुने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

डिसेम्बर महिनाभित्रमा विवाह हुने भनिएपनि उनीहरुको विवाहको तयारी भने सुरु भइसकेको छ । विवाह पञ्जाबी तरिकाबाट सम्पन्न गरिने बताइएको छ ।

विबाहको मिति तय नगरिएपनि विवाहपछि विराट कोहलीले २६ डिसेम्बरमा मुम्बईमा रिसेप्शन पार्टी दिन लागेका छन् ।

टोस्कानामा रहेको बोर्गाे फिनोछिएटो नामक महलमा विवाहको तयारी सुरु भइसकेको उल्लेख गरिएको छ । गर्मी महिनामा मात्र खुल्ने महललाई विराट र अनुष्काको विवाहका लागि मात्र खोलिने भएको छ । यो महल ७ सय बर्ष पुरानो रहेको छ ।

उनीहरु विगत ४ बर्षदेखि प्रेम सम्बन्धमा रहेका छन् । पटक पटक उनीहरुको विवाहको चर्चा रहेपनि त्यो असत्य हुदै आएकोमा यसपटक भने उनीहरु विवाह बन्धनमा बाँधिने चर्चा रहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "विराट र अनुष्काको विवाह पक्का, इटालीमा हुदैछ भव्य तयारी"

Leave a comment