अाम निर्वाचनमा ज्येष्ठ नागरिककाे उत्साहपूर्ण सहभागिता (फाेटाे फिचर)

 

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा ज्येष्ठ नागरिककाे उत्साहपूर्ण सहभागिता जनाई मतदान गरेका छन् । ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, अशक्त र अपाङ्गता भएका व्यक्तिका लागि लाममा नबसीकनै मतदान गर्ने व्यवस्था मिलाइएको हुँदा उनीको उत्साहपूर्ण सहभागिता देखिएको हो ।

काठमाडौँ रत्नराज्यलक्ष्मी माविमा रहेको केन्द्रमा मत हाल्न आउनुभएकी स्थानीय ९१ वर्षकी ज्येष्ठ नागरिक मुनादेवी भट्टराईलाई मत हाल्न पाउँदा निकै खुशी लागेको छ । “भोट हालें, खुशी लाग्यो, भताभुङ तरिकाले बन्ने भन्दा पाँच वर्षका लागि विकास गर्ने दिगो सरकार बनोस्” – मतदान गरेर फर्कनुभएकी भट्टराईले उत्साही भएर प्रतिक्रिया दिए ।

सहज रुपमा मतदान गर्ने व्यवस्था मिलाइएकामा निकै खुशी देखिनुभएका उनले थपे , “भोट हाल्न नजाऔँ जस्तो विचार आउने हामीजस्ता बूढाबुढी सबै भोट हाल्न गएनन् भने धेरै भोट कम हुन्छ, विकास गर्ने नेताले हार्लान् भनेर आएको ।”

मत हाल्न आउनुभएका ८७ वर्षीय मणि सिंह ठकुरीले पनि भोट हाल्न पाएकामा खुशी प्रकट गर्नुभयो । “जनता र यो ठाउँको विकास गर्ने उम्मेदवारलाई भोट हालें” – आफूले जीवनमा धेरै पटक नेतालाई भोट हालेको तर यसपालि चाहिँ विकास गर्ने खालको उम्मेदवारलाई मत हालेको सुनाउँदै उनले भने।

त्यस्तै, सोही मतदान केन्द्रमा मत हालेर फर्कनुभएका ७६ वर्षीय पञ्चनारायण महर्जनले जनप्रेमी र विकासप्रेमी उम्मेदवारलाई मत हालेको प्रतिक्रिया दिनुभयो । “मैले मत हालेर आएँ, जनताको दुःख, समस्या बुझ्ने र यो ठाउँको विकास गर्ने नेतालाई भोट दिएँ” – हँसिलो मुहारमा उनले सुनाए  ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अाम निर्वाचनमा ज्येष्ठ नागरिककाे उत्साहपूर्ण सहभागिता (फाेटाे फिचर)"

Leave a comment

Your email address will not be published.


*