मंसिर १२ गतेदेखि हराइरहेकी महिलाको शव जंगलमा भेटियो

काभ्रे, मंसिर २१ : काभ्रेपलाञ्चोकमा विहीबार एक महिलाको शव भेटिएको छ । बनेपा नगरपालिका– २ की ३६ वर्षीया संगिता घिमिरेको शव सोही नगरपालिका– १३ स्थित धनेश्वर जंगलमा भेटिएको बनेपा प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।

घिमिरे गत मंसिर १२ गतेदेखि हराइरहेकी थिइन् । उनको घरपरिवारले खोजीका लागि बनेपा प्रहरी चौकीमा निवेदन दिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको शाहले बताए ।

(रासस)

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "मंसिर १२ गतेदेखि हराइरहेकी महिलाको शव जंगलमा भेटियो"

Leave a comment

Your email address will not be published.


*