कास्की र कैलालीमा ६७ प्रतिशत मतदान

२१ मंसिर । कास्की र कैलालीमा ६७ प्रतिशत मतदान भएकाे छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कास्कीमा ६७ प्रतिशत तथा कैलालीमा करिब ६७ दशमलव ५५ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

कास्कीमा मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन कार्य शुरु भइसकेको र मध्यरातसम्म सबै केन्द्रका मतपेटिका जम्मा गरिसक्ने क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले बताए । उनका अनुसार  शुक्रबार सर्वदलीय बैठक बसी मतगणना कार्य शुरु गरिने छ ।

उता कैलालीमा निर्वाचन सम्पन्न भएसँगै जिल्लाका अधिकांश मतदानस्थलबाट मतपेटिका संकलन गरेर सदरमुकाम धनगढी ल्याउने कार्य शुरु भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले जानकारी दिए ।

जिल्लाका क्षेत्र नं ४ र नं २ का दुर्गम र भौगोलिक रुपले विकट क्षेत्रका मतदानस्थलका मतपेटिका भने शुक्रबार मात्रै आइपुग्ने जनाइएको छ । दुर्गम क्षेत्रका कतिपय मतपेटिका ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्ने तयारी गरिएको छ । दलीय सहमतिपछि मतगणना गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताएका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "कास्की र कैलालीमा ६७ प्रतिशत मतदान"

Leave a comment

Your email address will not be published.


*