अस्ट्रेलियामा समलिङ्गी विवाह स्वीकृत, के नेपाली पुरूष पुरूषसंगै विवाह गरेर अस्ट्रेलिया पुग्न सक्लान ?

मंसिर २१, एजेन्सी । बिहीबार अष्ट्रेलियाको एक प्रतिनिधि विधान सभामा ऐतिहासिक बिल पारित भएपछि अष्ट्रेलियामा समान सेक्स विवाहले मान्याता पाएको छ ।

संसदमा उक्त बिलबारे बहस चलिरहँदा हजारौँ समलिङ्गि युवाहरू संसद बाहिर भेला भएका थिए । सांसदहरूको बहुमतले समलिङ्गि विवाहलाई मान्याता दिएपछि यो मुद्धामा एक दशकदेखि चल्दै आएको बहस र छलफलले सार्थकता पाएको छ ।

संसदको यो घोषणासंगै हजारौँ अष्ट्रेलियाली समलिङ्गिले खुसियाली मनाएका छन । संसदको बहुमत सदस्याले बिल पारित गरे लगत्तै संसदमै उत्सव मनाइएको थियो ।

अब अस्ट्रेलियामा पुरूषले पुरूष र महिलाले महिलासंग विवाह गरेर बस्न पाउनु कानूनी रूपमा मान्यता युक्त हुनेछ । संसदको उक्त निर्णयको पक्षमा भोट गरेका अष्ट्रेलियाली प्रधानमन्त्री माल्कम टर्नबुलले ‘प्रेमको लागि एक दिन, आदरको लागि एक दिन’ भन्दै खुसी व्यक्त गरेका थिए ।

राेजगारी र अध्ययनका लागि धेरै नेपालीहरू अस्ट्रेलियमा छन । अस्ट्रेलियली संसदकाे याे निर्णयले अस्ट्रेलियका नागरिकका लागि याे कानून पारित गरेकाे भएपनि विदेशी नागरिकसंगकाे विवाहकाे हकमा के हुने भन्ने स्पष्ट धारणा सार्वजनिक भएकाे छैन ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अस्ट्रेलियामा समलिङ्गी विवाह स्वीकृत, के नेपाली पुरूष पुरूषसंगै विवाह गरेर अस्ट्रेलिया पुग्न सक्लान ?"

Leave a comment

Your email address will not be published.


*